जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • फोनपे र भारतको एनआईपीएलले गरे क्रस बोर्डर क्यूआर भुक्तानीको सुरुवात

फोनपे र भारतको एनआईपीएलले गरे क्रस बोर्डर क्यूआर भुक्तानीको सुरुवात

भुक्तानी सञ्चालक फोनपे र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डियाको अन्तर्राष्ट्रिय शाखा एनपीसीआई इन्टरनेसनल पेमेन्ट लिमिटेड (एनआईपीएल)ले क्रस बोर्डर भुक्तानी सुरु गर्ने भएका छन् । ग्लोबल फिनटेक फेस्ट २०२३ मा क्रस बोर्डर भुक्तानी सुरुवात गर्ने समझदारी बनेको फोनपेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

क्रस बोर्डर भुक्तानीले नेपाल र भारतका नागरिकलाई मोबाइल एप प्रयोग गरी विभिन्न स्टोरमा क्युआर कोडमार्फत भुक्तानी गर्न सहज हुने बताइएको छ ।

क्रस बोर्डर भुक्तानी सञ्चालनको लागि दुवै कम्पनीले तयारी पूरा गरिसकेको फोनपेले बताएको छ । भुक्तानी प्रणाली सञ्चालनको लागि प्राविधिक एकीकरणको काम अन्तिम चरणमा पुगेको विज्ञप्तिमा उल्लेख छ ।

फोनपे तथा एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले क्रस बोर्डर भुक्तानी व्यवस्थाले दुवै देशको नागरिकलाई सजिलो बनाउने बताए ।

‘नेपाल र भारतबीच वित्तीय सम्पर्क अभिवृद्धिका लागि यो सहकार्य महत्वपूर्ण कदम हो । यसले दुई देश बीचको ब्यापार, पर्यटन र आर्थिक सम्बन्धको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने छ’, ढकालले भने ।

1415
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?