जोडिनुहोस
बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • कामना सेवा विकास बैंकका सीइओ थकालीलाई कम्पनी सचिवको पनि जिम्मा

कामना सेवा विकास बैंकका सीइओ थकालीलाई कम्पनी सचिवको पनि जिम्मा

 कामना सेवा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) दिनेश थकालीलाई नै कम्पनी सचिवको जिम्मेवारी दिएको छ । यही भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले थकालीलाई कम्पनी सचिवमा पनि नियुक्ति गरेको हो । थकाल २०८० बैशाख १४ गते बैंकको सीइओमा नियुक्ति भएका थिए ।

उनी यसअघि प्रभु बैंकको नायव महाप्रबन्धक रहेका थिए । उनले प्रभु क्यापिटलमा प्रबन्ध निर्देशक भएर २ वर्ष काम गरे । त्यसअघि थकाली सांग्रिला डेभलपमेन्ट बैंकमा कामु सीईओ भएर काम गरेका थिए ।

थकाली नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघका पूर्वमहासचिव हुन् । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर तथा कानूनमा स्नातक गरेका थकालीले लण्डन स्कूल अफ इकोनोमिक्स लण्डन, विश्व बैंक, एआईटी थाइल्याण्ड लगायतका संस्थाहरुबाट बैंकिङ तथा व्यवस्थापन सम्बन्धि अध्ययन गरेका छन् ।

3355
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका