जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • एभरेष्ट बैंकको लाभांश घोषणा, २०.५३ प्रतिशतमध्ये कति दिँदै छ बोनस सेयर?

एभरेष्ट बैंकको लाभांश घोषणा, २०.५३ प्रतिशतमध्ये कति दिँदै छ बोनस सेयर?

एभरेष्ट बैंकले गत आर्थिक वर्षका लागि २०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। बैंकले अघिल्लो पटक २०.६८ प्रतिशत लाभांश दिएको थियो।

बैंकको सञ्चालक समितिले यसपालि १० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ। बाँकी १०.५३ प्रतिशत नगद लाभांश हो।

बैंकले हाल कायम चुक्ता पुँजीमा सो लाभांश प्रस्ताव गरेको हो। हाल बैंकको चुक्ता पुँजी १० अर्ब ६९ करोड रुपैयाँ छ।

प्रस्तावित १० प्रतिशत बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी एक अर्ब ६ करोड रुपैयाँले बढ्नेछ। लाभांश प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गर्नुका साथै बैंकको साधारण सभाले पारित गरेपछि मात्र वितरण गरिनेछ।

2560
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका