जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • लाभाशंको प्रतिक्षामा लगानीकर्ताहरु

लाभाशंको प्रतिक्षामा लगानीकर्ताहरु

उच्च नाफा गर्ने ८ वाणिज्य बैंकले कति लाभांश दिने हुन भन्ने प्रतीक्षामा लगानीकर्ता छन् । अहिलेसम्म १९ वाणिज्य बैंकले लाभांश घोषणा गरे पनि बाँकी ८ वटाले लाभांश घोषणा गरेका छैनन् । लाभांश घोषणा नगर्नेमा कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक, नेपाल बैंक, एनएमबी बैंक, प्राइम कमर्सियल बैंक, एनसीसी बैंक र सेञ्चुरी बैंक छन् ।

कृषि विकास बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ३५ करोड रुपैयाँ खुुद नाफा गरेको छ । यस बैंकले उक्त नाफाबाट २५ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने देखिन्छ । त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ४१ करोड नाफा गरेको थियो । उक्त बैंकले ३५ प्रतिशतसम्म लाभांश दिन सक्ने देखिन्छ । हिमालयन बैंकले पनि गत आर्थिक वर्षमा २ अर्ब ८४ करोड नाफा गरेको छ । उक्त बैंकले २५ प्रतिशतसम्म लाभांश दिन सक्ने देखिन्छ ।

यसैगरी नेपाल बैंकले २ अर्ब ६१ करोड, एनएमबी बैंकले २ अर्ब ३१ करोड, प्राइम कमर्सियल बैंकले पौने दुई अर्ब नाफा गरेकाले १५ देखि २० प्रतिशतसम्म लाभांश दिन सक्ने अवस्था छ । साथै एनसीसी र सेञ्चुरीले पनि १० प्रतिशतसम्म लाभांश दिन सक्ने अवस्था छ । एनसीसीले गत वर्ष १ अर्ब ५ करोड नाफा गरेको छ ।

यतिबेला लगानीकर्ताको ध्यान लाभांश घोषणा नगरेका ती ८ वाणिज्य बैंकतर्फ गएको छ । उच्च लाभांश पाउने अपेक्षा गरेका कारण लगानीकर्ताको ध्यान त्यतातिर केन्द्रित भएको हो ।

लाभांश घोषणा नगरेका कम्पनीको शेयर कारोबार रकम बढ्नुले पनि यो भनाइलाई पुष्टि गर्छ । त्यसैगरी बीमा कम्पनीतर्फ नेपाल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेसनको शेयर खरिदमा चाप देखिएको छ ।
नेपाल स्टक एक्सचेन्जमा अहिलेसम्म २ सय १७ सूचीकृत कम्पनीमध्ये करिब १ सय ३० वटाले मात्र लाभांश घोषणा गरेका छन् । बाँकी कम्पनीले अझै लाभांश घोषणा गरेका छैनन् । ती कम्पनीमध्ये उच्च लाभांश दिन सक्ने सम्भावना भएका कम्पनीको शेयरमा लगानीकर्ताको ध्यान केन्द्रित भएको हो ।

लाभांश घोषणा नगरेका कम्पनीले गत आर्थिक वर्षमा कति नाफा कमाएको छ । त्यसको चुक्ता पुँजी कति छ ? लामो समय शेयरमा खेलिरहेका खेलाडी लगानीकर्ताले सबै पक्षको विश्लेषण गरेर शेयर खरिद गर्दै छन् भने नयाँ लगानीकर्ता अरुले के भन्छ, त्यसैको पछि दौडेर लगानी गर्दैछन् ।

नाफा, चुक्ता पुँजी र सञ्चालक समितिमा कस्ता व्यक्ति छन् । त्यसका आधारमा कति लाभांश दिन सक्छ भन्ने बिश्लेषण गरेर शेयर खरिद गरिद गर्ने लगानीकर्ताको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । चुक्ता पुँजी कम भएकाले बोनस शेयर दिन सक्ने सम्भावना भएकाले पनि लगानीकर्ताको प्राथमिकता त्यस्ता कम्पनीतर्फ बढी भएको एक शेयर विश्लेषकले बताए ।

अहिले शेयर लगानीकर्ता राम्रो प्रतिफल दिने शेयर किनिरहेका छन् ।  लाभांश घोषणा गर्न बाँकी बैंकले पनि सञ्चालक समितिमा लाभांश कति दिने भन्ने बारेमा छलफल गर्न थालेका छन् । बैंकहरूबीच लाभांश कसले बढी वितरण गर्ने भन्ने प्रतिस्पर्धा नै चलेको छ ।
लाभांश घोषणा गर्न बाँकी बैंकलाई लाभांश बढी वितरण गर्न दबाब सिर्जना भएको छ । घोषणा गर्न बाँकी वाणिज्य बैंकले आर्थिक वर्ष २०७४/०७५ मा बाँडेको लाभांशभन्दा आर्थिक वर्ष २०७५/०७६ मा बाँड्ने लाभांश बढाउने अनुमान लगानीकर्ताले गरेकाले त्यस्ता कम्पनीको शेयर खरिद गरिरहेका छन् ।

प्रत्येक वर्ष बोनस, हकप्रद शेयर जारी गरी चुक्ता पुँजी बढाएकाले नाफा पनि बढाउँदै गएका छन् । लगानीकर्ता पनि जसले बढी लाभांश वितरण गर्ने सम्भावना छ, त्यही कम्पनीको शेयर खोजी–खोजी खरिद गरिरहेका छन् ।

7370
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका