जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • ब्रिजवाटर कलेजको ‘अभिनन्दन कार्यक्रम २०८०’ सम्पन्न

ब्रिजवाटर कलेजको ‘अभिनन्दन कार्यक्रम २०८०’ सम्पन्न

ब्रिजवाटर इन्टरनेशनल कलेजको अभिनन्दन कार्यक्रम सम्पन्न भएको छ । मंगलबार काठमाडौंको जमलस्थित राष्ट्रिय नाच घरमा ‘अभिनन्दन कार्यक्रम २०८०’ सम्पन्न भएको हो ।

हरेक वर्ष आयोजना हुने उक्त कार्यक्रममा कलेजले यसपाली तीन विशिष्ट विधागत व्यक्तिलाई अभिनन्दन गरेको छ । कलेजले बैंक तथा वित्तीय संस्थातर्फबाट गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोबिन्द प्रसाद ढकाल, पत्रकारिता क्षेत्रतर्फबाट टिकाराम यात्री र शिक्षा क्षेत्रतर्फबाट शिक्षाविद् डा.विद्यानाथ कोइरालालाई अभिनन्दन गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका नेपाली कांग्रेसका महामन्त्री तथा संघीय सांसद गगन थापाले अभिनन्दित तीनै जनालाई अभिनन्दन पत्र हस्तान्तरण गरेका हुन् । ब्रिजवाटर इन्टरनेशनल कलेजमार्फत अभिनन्दित तीनै जनाले विद्यार्थीको उज्वल भविष्यको कामना गर्दै थप उत्साहसमेत प्रदान गरेका छन् ।

त्यस्तै, उक्त कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरेका थिए ।

1585
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका