जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सिद्धार्थ बैंकले हरिवन नगर अस्पताललाई दियो प्रसूति उपकरण

सिद्धार्थ बैंकले हरिवन नगर अस्पताललाई दियो प्रसूति उपकरण

सिद्धार्थ बैंकले मधेश प्रदेशको सर्लाही जिल्ला हरिवन नगरपालिकास्थित हरिवन नगर अस्पताललाई विभिन्न प्रसूति उपकरणहरु हस्तान्तरण गरेको छ ।

बैंकका मधेश प्रदेश प्रमुख ज्ञानेन्द्र कार्कीले पुस १७ गते आयोजित एक कार्यक्रममा ती उपकरणहरु अस्पताललाई हस्तान्तरण गरे । कार्यक्रममा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री जंगीलाल राय, हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकी लगायत स्थानीयको उपस्थिति थियो ।

बैंकले हाइड्रोलिक शल्यक्रिया टेबल, ४ सेटयुक्त एलईडी शल्यक्रिया कक्ष डोम बत्ति, बिरामी निगरानी यन्त्र, पूर्ण सुविधायुक्त पाँच कार्य गर्ने इलेक्ट्रिक आईसीयू बेड, फाइबर बेडसाइड लकर, तथा इलेक्ट्रिक डबल जार हाई भ्याकुम सक्सन मेसिन गरी सबै उपकरणहरु १–१ थान हस्तान्तरण गरेको हो ।

हरिवन अस्पतालको नवनिर्मित भवनमा शल्यक्रिया सहित वर्थिङ्ग सेवा संचालन गरी समुदायमा गुणस्तरीय प्रसूति सेवामा पहुँच अभिवृद्धि गर्ने तथा आमा र नवजात शिशुहरूका लागि सहज प्रसूति वातावरण सुनिश्चित गर्ने उद्देश्यले उक्त उपकरणहरु प्रदान गरिएको बैंकले जनाएको छ ।

बैंकले दिगो विकास लक्ष्यलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी समाजको विकासमा टेवा पुर्‍याउने उद्देश्य लिँदै विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको छ ।

910
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका