जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • राष्ट्र बैंकले भन्यो- ‘बैंक तथा वित्तीय संस्थाबाट दुई करोडसम्मको आवासीय घर कर्जा सहजै लिन सकिन्छ’

राष्ट्र बैंकले भन्यो- ‘बैंक तथा वित्तीय संस्थाबाट दुई करोडसम्मको आवासीय घर कर्जा सहजै लिन सकिन्छ’

नेपाल राष्ट्र बैंकले आवासीय घर कर्जा लिन सहज व्यवस्था गरिएको बताएको छ । मंगलबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट आवासीय घर कर्जा लिन सकिने सहज व्यवस्था गरिएको बताएको हो ।

राष्ट्र बैंकका अनुसार पहिलो पटक घर खरिद वा निर्माण गर्ने व्यक्तिको हकमा यस्तो व्यवस्था गरिएको हो । ‘आवासीय प्रयोजनका लागि पहिलो पटक घर खरिद गर्ने व्यक्तिको लागि घर वा अपार्टमेन्ट खरिद वा घर निर्माणको लागि बैंक तथा वित्तीय संस्थाबाट रु.दुई करोडसम्मको आवासीय घर कर्जा लिन सकिने सहज व्यवस्था गरिएको छ ।’, राष्ट्र बैंकद्धारा जारी सूचनामा उल्लेख छ ।

त्यस्तै, तीन हजार वर्गफिटसम्मको घर निर्माण/खरिद वा अपार्टमेन्ट खरिद गर्नका लागि बैंक तथा वित्तीय संस्थाले धितो मूल्यांकनको ७० प्रतिशतसम्म यस्तो घर कर्जा प्रवाह गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

योसँगै कर्जा लिइसकेपछि ब्याजदर वृद्धि भएको अवस्थामा ऋणीले तिर्दै आएको मासिक किस्ता परिवर्तन नहुने व्यवस्था गरिएको समेत राष्ट्र बैंकले जनाएको छ ।

4180
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका