जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • आइएमई लाइफले संकलन गर्यो ८४.३१ करोड खुद बीमा शुल्क

आइएमई लाइफले संकलन गर्यो ८४.३१ करोड खुद बीमा शुल्क

आइएमई लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष (७९/८०) को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार कम्पनीले प्रथम तीन महिनामा ८४ करोड ३१ लाख खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७९ करोड २४ लाख खुद बीमा शुल्क आर्जन गरेको थियो । समिक्षा अवधिमा खुद बीमा शुल्क आर्जनमा ६ दशमलव ४० प्रतिशतको वृद्धि देखिएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनी ६ करोड ७६ लाख रुपैयाँ खुद नाफामा रहेको छ । गत आर्थिक वर्षको प्रथम त्रैमाससम्म कम्पनी ४ करोड ३६ लाख मात्र नाफामा थियो । नाफा ५४ दशमलव ९३ प्रतिशतले वृद्धि भएको छ ।

१ अर्ब ४० करोड चुक्ता पुँजी भएको यस कम्पनीको जगेडामा ८३ करोड ७६ लाख संचित छ । समिक्षा अवधिमा जगेडा कोष ६२ प्रतिशतले बढेको छ ।

जीवन बीमा कम्पनीको लागि एकदमै महत्वपूर्ण जीवन बीमा कोष ५२ दशमलव ९६ प्रतिशतले वृद्धि हुँदै ५ अर्ब १६ करोड पुगेको छ ।

कम्पनीका अनुसार कम्पनीले २७ करोड ५७ लाख खुद दावी भुक्तानी गरेको छ भने २ करोड ७२ लाख दावी भुक्तानी गर्न बाँकी छ ।

1585
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका