जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • एकै व्यक्तिलाई एक भन्दा बढी संस्थाले ऋण दिएका कारण लघुवित्तमा संकट : प्रतिवेदन

एकै व्यक्तिलाई एक भन्दा बढी संस्थाले ऋण दिएका कारण लघुवित्तमा संकट : प्रतिवेदन

नेपाल राष्ट्र बैंकले गठन गरेको समितिले एकै व्यक्तिलाई एक भन्दा बढी संस्थाले ऋण दिँदा नै लघुवित्त संस्थामा संकट आएको निष्कर्ष निकालेको छ । समितिले ऋणमा दोहोरोपना अन्त्य गर्न र समूह जमानीको सट्टा परिवारका सदस्यको जमानीमा ऋण दिने व्यवस्था गर्न सुझाव दिएको छ ।

राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठ नेतृत्वको समितिले गत साता गभर्नर महाप्रसाद अधिकारीलाई बुझाएको प्रतिवेदनमा समितिले लघुवित्तमा समस्या देखिनुको एक दर्जन भन्दा बढी कारण र समस्या समाधानका १९ बुँदे सुझावसहितको प्रतिवेदन दिएको हो ।

ऋणीमा वित्तीय साक्षरताको कमीले गर्दा ऋणको सदुपयोग नगरेर एउटाबाट लिएको ऋण तिर्न अर्कोबाट लिने गर्दा ब्याज र सेवा शुल्क बढेको देखिएको समितिको निश्कर्ष छ । यस्तोमा ऋण रकम बढ्दै गएर विपन्नहरु ऋण तिर्न नसक्ने अवस्थामा पुग्दा लघुवित्तको समस्या बाहिर आएको थियो ।

प्रतिवेदनमा ४ हजार भन्दा बढी ऋणीले दुई वा दुईभन्दा बढी लघुवित्तबाट ऋण लिएको पाइएको उल्लेख छ । उनीहरुले यसरी लिएको ऋण राष्ट्रबैंकले तोकेको सीमा बिना धितो लिन पाउने ७ लाख र धितो राखेर लिन पाउने १५ लाख रुपैयाँ भन्दा बढी भएको समितिका संयोजक प्रकाशकुमार श्रेष्ठले बताए ।

समितिले एउटै ऋणीलाई २३ वटासम्म संस्थाले ऋण दिएको र एउउटै ऋणीले विभिन्न संस्थाबाट ५० लाख रुपैयाँसम्म ऋण लिएको फेला पारेको थियो । समितिले अध्ययनका क्रममा देशका विभिन्न ४८ स्थानमा सर्वेक्षण गर्नुका साथै लघुवित्त समूह र ऋणीसँग पनि अन्तर्क्रिरया गरेको थियो ।

790
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?