जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सीइओ पौड्यालको जागिर जाँदा अर्थमन्त्रीका छोराको महंगो जागिर संकटमा ?

सीइओ पौड्यालको जागिर जाँदा अर्थमन्त्रीका छोराको महंगो जागिर संकटमा ?

सनराईज बैंकमा सञ्चालक र सीइओबीच चर्किएको विवादका कारण अर्थमन्त्री डा. युवराज अतिवडाका छोरा सनराईज बैंकका आइटी हेड तिलकराज खतिवडाको जागिर धरापमा पर्ने भएपछि सीइओ पौड्याललाई बचाउन अर्थमन्त्री डा. युवराज खतिवडा लागि परेका छन् भन्दा पत्याउन गाह्रो होला तर, यो सत्य हो ।

विगतको जनता बैंकबाट दुई तह बढुवा गरी सनराईज बैंकका सीइओ जनक शर्मा पौड्यालले खतिवडालाई सनराईज बैंकमा भित्र्याएपछि बैंकमा भाडभैलो शुरु भएको एक सञ्चालकले पंक्तिकारलाई बताए ।
प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले दिएको स्पष्टिकरणबारे छलफल गर्न मंगलबार सञ्चालक समितिको बैठक बस्ने समझदारी भएपनि  मंगलबार सञ्चालक समितिको बैठक बस्न नसकेपछि आज विहिबार बस्ने भएको छ ।

‘सिंहदरबारबाट फोन आएको छ । केही सञ्चालकहरु सीईओ माथिको कारवाही रोकौं भन्न थाल्नु भएको छ । मत विभाजित भएकोले होला, अध्यक्षले बैठक राख्नु भएन’ एक सञ्चालकले आर्थिक बजार न्यूज डटकमसंग बताए । अध्यक्ष मोतिलाल दुगडले सीईओको स्पष्टीकरण थन्क्याउने र पौड्याललाई निरन्तरता दिने लाइनमा बोर्डको सदस्यहरुसँग छलफल शुरु गरेको समेत ती सञ्चालकले दाबी गरे ।

‘हाम्रो लगानी बैंकमा मात्र छैन । सिंहदरवारसँग टक्कर लिँदा आफ्ना अरू व्यवसायहरु जोगाउन पनि गाह्रो हुन्छ । सबैलाई डर छ नि’ त्यसकारण जनक शर्मा पौड्याललाई बचाउन साथीहरु लागे उनीले दाबी गरे ।
‘बैंक सञ्चालक समितिले सर्बसहमतिका आधारमा सीईओसँग स्पष्टीकरण लिने निर्णय गरेको थियो । त्यस विषयलाई राष्ट्र बैंकमा पुर्याइयो । बोर्डको निर्णयप्रति राष्ट्र बैंकले सबै सञ्चालकलाई बोलाएर असन्तुष्टि व्यक्त गरेको छ । अर्थमन्त्रालयबाट अध्यक्ष र सञ्चालकलाई फोन गराइएको छ’ नि ।

छोराको जागिर टिकाउनको लागि अर्थमन्त्री डा. युवराज खतिवडाले शक्तिको दुरुपयोग गरेको बैंकका असन्तुष्ट सञ्चालकहरुको आरोप छ । ‘बैंकको प्रमुख कार्यकारी अधिकृत पौड्यालले गलत काम गरेपछि सञ्चालक समितिले सर्बसहमतिमा स्पष्टीकरण माग्दा राष्ट्र बैंकले हामीसँग स्पष्टीकरण लिने ?’ राष्ट्र बैंकको भूमिका प्रति पनि असन्तोष जनाउँदै एक सञ्चालकले भनेः – यी सबै अर्थमन्त्रीको आदेशमा भएका काम हुन् ।’


स्रोत भन्दछन्ः– विवादित बनेका सीइओ जनक शर्मा पौड्यालले प्रमुख कार्यकारी अधिकृत पद छोड्दा अर्थमन्त्री डा.खतिवडाका पुत्र तिलकराज खतिवडाको जागिर धरापमा पर्ने देखिन्छ । पौड्याल सीईओमा नियुक्त हुँदा तिलक तत्कालिन जनता बैंकमा असिस्टेन्ट म्यानेजर थिए । पौड्यालले तिलकलाई दुई तह बढुवा गरेर सनराईज बैंकमा भित्र्याएका थिए । हाल उनलाई आईटी डिपार्टमेन्ट हेडको जिम्मेवारी दिइएको छ ।

तिलकराज खतिवडाले पिताको शक्ति शो गरेर आफ्ना गतिविधि चलाउँने गरेको भन्दै उनको बारेमा सार्वजनिक रुपमै पटक÷पटक बैंक सञ्चालक समिति मै आलोचना हुँदै आएको छ । यसअघि उनी बस्ने सनसिटी अपार्टमेन्टको चुनावमा पिताको शक्ति शो गरेको भन्दै उनी विवादमा परेको थिए । अहिले जागिर खाएको बैंकको सञ्चालक समितिमाथि थ्रेट गरेको आरोप उनीमाथि लागेको छ । के सत्ता र शक्तिको भरमा जे पनि गर्न छुट छ प्रधामन्त्रीज्यू ?

राज्य सत्ताको दुरुपयोग गर्नै जनताको पैसामा डुबुल्की मार्ने अधिकार कसैलाई छैन । यत्ति धेरै विवाद र स्पष्टिकरण समेत सार्वजनिक रुपमा बाहिर आएपछि जागिर प्यारो होइन । प्रतिष्ठा र सम्मान हो । सीइओ जनक शर्मा पौड्यालले अब विवाद भएको बैंकमा बसी रहनु उचित देखिदैन । लगानीकर्ता, डिपोजिटकर्ता देखि बैंकको वित्तिय विवरणमा समेत गहिरो असर र चिन्ता सधै रहि रहने निश्चित छ ।

7710
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका