जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • स्ट्यान्डर्ड चार्टर्ड बैंकले गर्यो फन्ड राइजिङका लागि ‘होम रन’

स्ट्यान्डर्ड चार्टर्ड बैंकले गर्यो फन्ड राइजिङका लागि ‘होम रन’

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले ‘होम रन–२०२३’ नामक फन्ड राइजिङ प्रोग्राम आयोजना गरेको छ।

‘फ्युचर मेकर्स बाई स्ट्यान्डर्ड चार्टर्ड’अन्तर्गत आयोजित कार्यक्रममा बैंकका शाखाहरु रहेका नक्साल, न्युरोड र नयाँबानेश्वर क्षेत्र गरी कुल ११ किलोमिटरको वाकिङ, रनिङ र साइकिङ आयोजना गरिएको थियो। कार्यक्रममा बैंकका २०० जना कर्मचारीको सहभागिता थियो।

यो कार्यक्रममार्फत उठेको रकम नेपालमा फ्युचर मेकर्ससँग सम्बन्धित सीएसआर प्रोजेक्टहरुमा उपयोग गरिने बैंकले जनाएको छ।

बैंकका सीईओ अनिर्भाण घोष दस्तिदारले नयाँ पुस्ताको सशक्तीकरणका लागि गरिन लागेको सामाजिक कार्यमा बैंकका सबै कर्मचारी एकजुट भएकोमा धन्यवाद दिए। ‘हरेक व्यक्तिले अवसर पाउनुपर्छ भन्ने स्ट्यान्डर्ड चार्टर्डले मान्यता राख्दछ’, उनले भने, ‘त्यसैले बैंकले होम रनमार्फत संकलित रकम न्यून आय भएका युवालाई अगाडि बढ्न सहयोग पुर्याउने हामीले विश्वास लिएका छौँ।’

3015
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका