जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • सिटिजन्स बैंकको लाभांश पारित, प्रबलजंग पाण्डेसहित ४ जना सञ्चालकमा निर्वाचित

सिटिजन्स बैंकको लाभांश पारित, प्रबलजंग पाण्डेसहित ४ जना सञ्चालकमा निर्वाचित

सिटिजन्स बैंक इन्टरनेसनल गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट वितरणका लागि प्रस्ताव गरेको लाभांश पारित भएको छ । बैंकको शुक्रबार सम्पन्न साधारण सञ्चालक समितिबाट प्रस्तावित लाभांश पारित गरेको हो ।

साधारण सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट ५.७९ प्रतिशतका दरले हुन आउने ८२ करोड २१ लाख ६१ हजार ६५२ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसमेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

साधारणसभाबाट सञ्चालक समितिको वार्षिक प्रतिवेदन पनि पारित गरिएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तको एनएफआरएसबमोजिम तयार गरिएको वासलात, आव २०७९/८० को नाफा-नोक्सानीको हिसाब तथा नगद प्रवाह विवरणलगायतका एकीकृत वित्तीय विवरण पनि सभामा छलफल भई स्वीकृत भएका छन् ।

साधारण सभाबाट प्रबलजंग पाण्डे, सीता कार्की (केसी), सजन शर्मा र दिग्विजय विष्ट बैंकको सञ्चालक समिति सदस्यमा निर्वाचित भएका छन् ।

सिटिजन्स बैंकले देशभर फैलिएका १८८ शाखा, १४८ एटीएम र ९७ शाखारहित बैंकिङ इकाइबाट १६ लाख ६२ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, भिसा डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्डलगायतका सेवा उपलब्ध गराउँदै आएको प्रवक्ता नारायणराज अधिकारीले जानकारी दिए ।

685
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका