जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • डाबर नेपाल भित्र्याउने उद्योगी रुक्मशम्शेर राणाको निधन

डाबर नेपाल भित्र्याउने उद्योगी रुक्मशम्शेर राणाको निधन

द्योगी रुक्मशम्शेर राणाको निधन भएको छ। मिर्गौला, सुगर र प्रेसर रोगबाट पीडित रहेका उनको काठमाडौं वत्तिसपुतलीस्थित निवासमा शनिबार विहान निधन भएको हो। राणा भारतीय संयुक्त लगानीमा स्थापित डाबर नेपालका साझेदार हुन्।

उनी डाबर नेपालका प्रवन्ध निर्देशक समेत भएका थिए। बहुर्राष्ट्रिय कम्पनी डाबरलाई नेपाल ल्याउने श्रेय उनैलाई जान्छ।  सन् १९८९ मा नेपालमा स्थापना भएको कम्पनीले सन् १९९२ देखि व्यवसायिक  उत्पादन थालेको थियो।

सुरुमा ५३ लाख वार्षिक कारोबार गरेको डाबरले अहिले हजार करोडभन्दा बढी कारोबार गरिरहेको छ। यो कम्पनीले भारतमा समेत आफ्ना विभिन्न उत्पादन निकासी गर्छ। उनी नेपाल भारत चेम्बर अफ कमर्शका पूर्व अध्यक्ष हुन्।

उनी भारतका लागि नेपालका राजदूत समेत भएका थिए। उनी राष्ट्रिय खेलकुद परिषद्को दुई कार्यकाल सदस्यसचिव समेत भएका थिए।  राणा२०५० देखि २०५१ सम्म र २०५४ देखि २०५५ सम्म राखेपको सदस्यसचिव भएका थिए। सुवर्ण शम्शेरका कान्छा छोरा रुक्म सुरुवातदेखिनै नेपाली कांग्रेसको राजनीतिमा संलग्न भएका थिए। उनी कांग्रेस राजनीतिमा संलग्न रहेकै कारण धेरै पटक जेल समेत गएका थिए।

उनको शनिबार दाहसंस्कार गरिने भएको छ।

3130
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका