जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • ३ दिनमा १ लाख ५० हजारले छाडे काठमाडौं उपत्यका

३ दिनमा १ लाख ५० हजारले छाडे काठमाडौं उपत्यका

दसैं मनाउनका लागि ३ दिनमा एक लाख ५० हजार यात्रु उपत्यकाबाट बाहिरिएका छन्। घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र संघ संस्था बन्द भएपछि दसैं मनाउनका लागि मानिसहरु घर फर्किन थालेका हुन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पछिल्लो ३ दिनमा एक लाख ५० हजार ३०९ जना यात्रु उपत्यकाबाट बाहिरिएको जानकारी दिए। उनका अनुसार असोज २७ बिहान ६ बजेसम्म ४७ हजार ६४३ जना, असोज २८ गते बिहान ६ बजेसम्म ५१ हजार २७९ जना र आज बिहान ६ बजेसम्म ५१ हजार ३८७ जना यात्रु बाहिरिएका छन्।

काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमासमेत घर जाने यात्रुको भीड लागेको छ। नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिका प्रवक्ता पङ्कज मल्लले हाल दैनिक २५ हजारभन्दा बढी यात्रु नयाँ बसपार्कबाट बाहिरिन थालेको बताए।

‘लामो तथा मध्यम दूरीका सवारीसाधनमा अत्याधिक भीड लागेको छ। हामीले अहिले नयाँबसपार्कबाट बस छुट्ने समयसमेत अन्य समयको भन्दा अगाडि सारेका छौं,’ उनले भने।

दसैंका लागि हालसम्म ७० हजार यात्रुले अग्रिम टिकट काटिसकेको लोत्से बहुउदेश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले जानकारी दिए।

सरकारले दसैंको यातायात व्यवस्थापनलाई सहज बनाउनका लागि असोज २६ गते देशैभरका सार्वजनिक सवारी साधनमा रुट परमिटसमेत खुला गरिसकेको छ।

730
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका