जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • एभरेष्ट बैंकका अध्यक्ष विष्णुकृष्ण श्रेष्ठको निधन

एभरेष्ट बैंकका अध्यक्ष विष्णुकृष्ण श्रेष्ठको निधन

एभरेष्ट बैंकका अध्यक्ष विष्णुकृष्ण श्रेष्ठको ९४ वर्षको उमेरमा निधन भएको छ।

मेडिसिटी हस्पिटलमा उपचारको क्रममा मंगलबार राती उनको निधन भएको हो ।उनी २६ वर्षदेखि कम्पनीको सञ्चालक समितिको अध्यक्षमा थिए ।
गत असोज ३० गतेको कम्पनीको २९ औं वार्षिक साधारण सभाले पनि उनलाई यसवर्ष पनि अध्यक्षको रूपमा चयन गरेको थियो।

उनले उक्त समयमा आफ्नो यो कार्यकाल अन्तिम हुने घोषणा गरेका थिए । उनी एसबिएल प्रालि भारतका समेत अध्यक्ष थिए। श्रेष्ठका २ छोरी र एक छोरा छन्।

कम्पनीमा भारतीय पञ्जाब नेशनल बैंकको २०.०३ प्रतिशत संस्थापक सेयर छ । त्यस्तै, ३०.७८ प्रतिशत अर्थात् २ करोड ४७ लाख ११ हजार ५०३.६९ प्रतिशत सेयर सर्वसाधारणको छ बाँकी रहेको ४९.१९ प्रतिशत सेयर श्रेष्ठ,उनको परिवार र अन्य कम्पनीको नाममा रहेको छ ।

4030
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका