जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बुद्धले फेरि ल्यायो एटीआर- ७२ नयाँ जहाज, एक महिनाभित्र उडान थाल्ने योजना

बुद्धले फेरि ल्यायो एटीआर- ७२ नयाँ जहाज, एक महिनाभित्र उडान थाल्ने योजना

बुद्ध एयर प्रालिले फेरि नयाँ जहाज भित्र्याएको छ। कम्पनीले नाइनएन एओसी कलसाइन रहेको एटीआर-७२ जहाज शुक्रबार ल्याएको हो ।

कम्पनीले नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पुर्‍याएर आगामी एक महिनाभित्रमा उडान सेवा शुरु गर्ने बताएको छ ।योसँगै कम्पनीसँग अब एटीआर–७२ जहाजको संख्या १५ पुगेको छ। जसमा १२ वटा एटीआर–७२ र तीन वटा एटीआर–४२ छन् ।

हवाई उडान सहज र सरल बनाउने प्रतिबद्धता अनुरूप नयाँ जहाज थपिएको कम्पनीले जनाएको छ।

कम्पनीका बजार निर्देशक रुपेश जोशीले भने, ‘उडान संख्या उल्लेख्य बृद्धि भएसँगै यात्रुहरूले आफ्नो समय अनुकूल उडान गर्न सक्नेछन् ।

कम्पनीले आन्तरिकतर्फ अहिले दैनिक १५० भन्दा बढी उडान गर्दै आएको छ भने अन्तरराष्ट्रियतर्फ काठमाडौंबाट भारतको वाराणसी उडान गरिरहेको छ ।

770
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका