जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • माछापुच्छ्रे क्यापिटलको चौथो वार्षिक साधारण सभा सम्पन्न

माछापुच्छ्रे क्यापिटलको चौथो वार्षिक साधारण सभा सम्पन्न

माछापुच्छ्रे क्यापिटलको चौथो वार्षिक साधारण सभा सोमबार काठमाण्डौमा सम्पन्न भएको छ ।

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष(आव) २०७९/८० को लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरणहरु,आव २०८०/८१ का लागि लेखापरिक्षकको नियुक्तीलगायतका प्रस्तावहरु पारित गरेको छ ।

सो अवसरमा अध्यक्ष न्यौपानेले मूख्यगरी धितोपत्र प्रत्याभूति सेवा, लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य सेवा लगायतका सेवा प्रवाह गर्दै आएकोमा हाल सामुहिक लगानीकोष अन्तर्गत कोष व्यवस्थापक तथा डिपोजिटरीको लाइसन्सको प्रक्रिया अन्तिम चरणमा पुगेको बताए ।

उनले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लगायतका थप सेवाको लागि प्रक्रियार्थ रहेको पनि बताए ।

कम्पनीको मातृ कम्पनी माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाको आतिथ्यमा सभा सम्पन्न भएको थियो ।

4875
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?