जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • तीन बैंकले विदेशबाट कर्जा ल्याउँदा २४ बैंक बेखबर

तीन बैंकले विदेशबाट कर्जा ल्याउँदा २४ बैंक बेखबर

नेपालमा २७ वटा ८ अर्ब चुक्ता पुँजी भएका बलिया बैंक छन् । तर, तीन वटा बैंकले मात्रै विदेशी भूमिबाट अर्बै कर्जा ल्याएका छन् । २४ वाणिज्य बैंक बेखबर छन् भन्दा अचम्म लाग्ला तर, यो सत्य हो । आफूलाई ठूलो भनिएक बढि नाफा कमाएका नबिल बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक बैंकले आझै विदेशबाट कर्जा ल्याउन सकेको अवस्था छैन ।

यी बैंकले विदेशमा शाखा खोल्न पनि सकेको अवस्था छैन । तर, पछि आएका एनएमबी बैंक, मेगाा बैंक र माछापुच्छ्रे बैंकले विदेशबाट कर्जा ल्याएर देखाई दिएका छन् भन्दा फरक नपर्ला ।

नाफामा होडबाजी मच्चाउने ठूला बैंहरुले विदेशबाट कर्जा ल्याउन किन होडबाजी मच्चाएनन् । यस प्रश्नको उत्तर खोज्दै गरौला । तर, होडबाजी (प्रतिस्पर्धा) सबै कुरामा हुनुपर्दछ कि पर्दैन ? गर्भन्र चिरनजीवी नेपाल ज्यू ? ग्लोबल आईएमई बैंक ठुलो बैंक तर नाफा बम कारण के हो त ? २ बैंक बैंकको नाफा २ करोड पनि छैन ? ठुलो हुँदैमा नाफा हुँदैन बलियो पनि हुँदैन राम्रो गर्नुप¥यो । देखाउनु प¥यो कि कसो ?

विदेशबाट कर्जा ल्याउन विदेशी बैंकले पत्याउनु यो मोह हेर्दा गु्रपले चलाएका कुनै बैंकले विदेशबाट कर्जा ल्याउन सकेको अवस्था छैन । के विनोद चौधरीको बैंक नबिल बैंकलाई नपत्याएरकै हो त ? यो खोजीकै विषय बन्दै भएको छ ।

लगानीयोग्य रकमको अभाव भएपछि वाणिज्य बैंकहरुले विदेशबाट ऋण लिएर लगानी गर्न थालेका छन् भन्दा फरक पर्दैन । पहिलो पटक एनएमबी बैंकले ऋण लिएको थियो, त्यसपछि अरु बैंकले ऋण लिन थालेको देखिन्छ ।

माछापुच्छ्रे बैंकले दुवईस्थित माश्रिक बैंकबाट १० मिलियन अमेरिकी डलर अर्थात एक अर्ब रुपैयाँभन्दा बढी पैसा नेपाल ल्याएको छ । बैंकले नेपालको बैंकिङ प्रणालीमा देखिएको लगानी योग्यपुँजी (तरलता) अभावको समस्यालाई मध्यनजर उक्त रुपैयाँ नेपाल भित्र्याएको देखिन्छ ।
राष्ट्र बैंकले कूल प्राथमिक पुँजीको शतप्रतिशत रकम विदेशबाट ऋण ल्याएर नेपालमा लगानी गर्न पाइने व्यवस्था गरेको छ । यही व्यवस्था अनुसार माछापुच्छ्रे बैंकले विदेशबाट पैसा ल्याउने प्रकृया थालेको देखिन्छ ।

माछापुच्छ्रे बैंकले माश्रिक बैंकबाट ल्याएको उक्त रकम कृषि, ऊर्जा, पर्यटन, साना तथा मझौला व्यवसाय लगायतका अन्य विभिन्न प्राथमिकताका क्षेत्रमा लगानी गर्ने भएको बैंकले जनाएको छ।

यस्तै अर्को बैंक अफ दि एयर पाएको मेगा बैंक नेपालले दोहा बैंकबाट २ अर्ब रुपैंया भन्दा बढी व्यावसायिक ऋण नेपाल भित्र्याउने भएको छ ।

यस बैंकले कतारको दोहा बैंकबाट २ करोड अमेरिकी डलर (करिब २ अर्ब २५ करोड रुपैंया) नेपाल भित्र्याउन निश्चित देखिन्छ । मेगा बैंककी सिइओ अनुपमा खुञ्जेली र दोहा बैंकका नेपालस्थित कार्यालयका प्रमुख सुरजविक्रम शाहीबीच आइतबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । दोहा बैंकले नेपालको बैंकमा लगानी गरेको यो पहिलोपटक हो । भन्न अब पछि पर्नु हुँदैन ।

नेपालमै पहिलो पटक एनएमबी बैंकले करिव ५ अर्ब रुपैयाँ नेपाल भित्र्याएको थियो । त्यसपछि अन्य बैंकसँगै विदेशी साझेदारीमा सञ्चालित बैंकहरुले पनि विदेशबाट ऋण लिने तयारी गरेको देखिन्छ । भारती बैंकको साझेदारीमा खुलेका एसबिआइ र एभरेष्टले पनि साझेदार बैंकबाट ऋण लिने तयारी गर्दैछ भनिन्छ तर, रिजल्ट आएको छैन ।

हाल सञ्चालनमा रहेका २७ वाणिज्य बैंक मध्ये धेरैले विदेशी बैंकसँग ऋणका लागि प्रक्रिया सुरु गरेका छन् । आन्तरिक स्रोतबाट मात्रै नेपालको ऋणको माग धान्न अपुग भएपछि राष्ट्र बैंकले विदेशबाट पैसा ल्याउने बाटो खोली दिएको थियो । त्यही बाटो प्रयोग गरेर बैंकहरुले ऋण ल्याउदै छन् भन्दा फरक पर्दैन ।

राष्ट्र बैंकले सुरुमा प्राथमिक पूँजीको २५ प्रतिशतसम्म ऋण ल्याउन पाइने ब्यवस्था गरेको थियो । त्यसपछि बढाएर ५० प्रतिशत पुर्याएको थियो । अहिले फेरि बढाएर सत् प्रतिशत नै पुर्याएई दिएको छ । कुनै बैंकको चुक्ता पुँजी नौ अर्ब छ भने त्यही बराबराबको रकम बिदेशी बैंकबाट ऋण लिन पाउने व्यवस्था गरिएको देखिन्छ । यो राम्रो पक्ष हो ।

पछिल्लो समय ऋणको माग बढेकोले त्यसको जोहो गर्न नेपाली बैंकहरुले विदेशी बैंकसँग ऋण लिन बाध्य हुँदै छन् । भन्दा फरक पर्दैन । बैंकमा निक्षेपको रुपमा संकलन भएको रकम एकैछिन पनि रहँदैन, तुरन्तै ऋण लिइहाल्ने गर्छन् ।

निक्षेप संकलनमा भन्दा कर्जा लगानीमा आक्रामक देखिएका नेपाली २७ बाणिज्य बैंकहरु लगानीयोग्य रकमको समस्यामा छन् । धेरैजसो बैंकको कर्जा–निक्षेप–पुँजी अनुपात (सिसिडी रेसियो) ८० प्रतिशतनजिक पुगेको छ । भन्दा फरक पर्दैन ।
जे भएपनि अब सबै २७ वटै वाणिज्य बैंकहरुले विदेशबाट कर्जा ल्याउने र नेपालमा लगानी गर्ने हिम्मत गर्नुपर्छ कि कसो ? सचेत भया ।

7905
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका