जोडिनुहोस
शनिबार, बैशाख २२, २०८१
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • विकास बैंकको नाफामा सामान्य बढोत्तरी, तीन महिनाको नाफा १ अर्ब १० करोड

विकास बैंकको नाफामा सामान्य बढोत्तरी, तीन महिनाको नाफा १ अर्ब १० करोड

चरम आर्थिक मन्दीका बाबजुद पनि विकास बैंकको नाफा भने सामान्य बढेको छ । चालु आर्थिक वर्षको तीन महिनामा राष्ट्रिय स्तरका विकास बैंकको नाफामा केही सुधार देखिएको हो । वाणिज्य बैंकको नाफा औसतमा १८ प्रतिशतले घट्दा विकास बैंकको नाफामा भने झिनो सुधार देखिएको छ ।

८ वटा विकास बैंकको नाफा तीन महिनाको अवधिमा ०.९४ प्रतिशतले बढेको छ । तीन महिनामा १ अर्ब १० करोड ७५ लाख ८६ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । जुन गत आवको सोही अवधिमा १ अर्ब ९ करोड ७२ लाख ५१ हजार रुपैयाँ रहेको थियो । ८ वटा राष्ट्रिय स्तरका विकास बैंकमा तीन वटाको नाफा बढेको छ भने ५ वटा बैंकको नाफा घटेको छ ।

बैंकहरुले प्रकाशित गरेको वित्तीय अवस्था अनुुसार गरिमा विकास बैंकको नाफा ४.२५ प्रतिशतले बढेर २० करोड १५ लाख ५४ हजार रुपैयाँ पुगेको छ । यस्तै लुम्बिनी विकास बैंकको नाफा १४३ प्रतिशतले बढेर १७ करोड ३२ लाख ८० हजार रुपैयाँ रहेको छ भने कामना सेवा विकास बैंकको नाफा १८७.५७ प्रतिशतले बढेर ११ करोड ९५ लाख २१ हजार रुपैयाँ रहेको छ ।

असोज मसान्तसम्म ५ वटा बैंकको नाफा भने घटेको छ । नाफा घटेका बैंकमा मुक्तिनाथ विकास बैंकको नाफा २५.५७ प्रतिशतले घटेर २२ करोड ८८ लाख ६ हजार रुपैयाँ रहेको छ । यस्तै ज्योति विकास बैंकको नाफा ४९.२४ प्रतिशतले घटेर ५ करोड ८ लाख २ हजार, सांग्रिला डेभलपमेन्ट बैंकको नाफा १५.८१ प्रतिशतले घटेर ४ करोड ६५ लाख ९१ हजार रुपैयाँ रहेको छ ।

यस्तै महालक्ष्मी विकास बैंकको नाफा २०.०७ प्रतिशतले घटेर ९ करोड ५३ लाख ७८ हजार र साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा ८.३५ प्रतिशतले घटेर १९ करोड १६ लाख ५४ हजार रुपैयाँ रहेको छ ।

970
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका