जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • १०० केजी सुन काण्डमा कार्गोको सलग्नता भेटियो, दुई जना पक्राउ

१०० केजी सुन काण्डमा कार्गोको सलग्नता भेटियो, दुई जना पक्राउ

नेपालमा कार्गो सञ्चालकहरुको अवैध धन्दाको खुलासा हुन थालेको छ । मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको एक सय केजी सुन ल्याउने कार्गो सञ्चालकलाई आज प्रहरीले पक्राउ गरेपछि काग्रो व्यापारीहरुको अवैध धन्दा पनि सार्वजनिक हुन थालेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा  जाँच पार गरेर भित्रिएको सुन बरामद प्रकरणमा दुई जना काग्रो व्यवसायी पक्राउ परेका छन् ।

राजश्व अनुसन्धान विभागको टोलीले ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक पुष्कर भट्ट र एलिस ट्रान्स ग्रुपका सञ्चालक राजन श्रेष्ठलाई पक्राउ गरेको विभागले जनाएको छ। दुईवटा कुरियरबाट हङकङमार्फत क्याथे प्यासिफिकको उडानमा सुनसहितको ब्रेक शु नेपाल आएको थियो ।

नेपालमा सञ्चालनमा रहेका अन्य ठूला काग्रोहरुले पनि अवैध कारोबार गर्ने गरेको बेला बेलामा चर्चा हुने गरेको छ । जसमा डिएचएल, फेकेक्स एरामेक्स लगायतका बहुराष्टिय काग्रोहरु बढी यस्तो धन्दामा संलग्न रहने गरेको एक काग्रो व्यापारी बताउछन् ।

ती व्यापारीले भने, ‘नेपालमा सञ्चालनमा रहेका कार्गोहरुले अवैध रुपमा सुन ल्याउनेदेखि प्रतिवन्धीत सामान समेत नेपालमा ल्याउने गरेका छन् । नेपालमा अवैध रुपमा मोबाइल, बहुमूल्य धातु, चोरीका मूर्ति यीनै बहुराष्टिय कार्गोहरुले ल्याउने गरेका छन् ।’

915
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका