जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • एनएमबिको भिडियो केवाईसी मार्फत खाता खोलेर कारोबार गर्दा २५ सयसम्म छुट

एनएमबिको भिडियो केवाईसी मार्फत खाता खोलेर कारोबार गर्दा २५ सयसम्म छुट

केवाईसी मार्फत खाता खोलेर पहिलो कारोबार गर्दा २५ सयसम्म छुट पाउने भएका छन् ।

यस योजना अन्तर्गत एनएमबिका ग्राहकले ओम्नि च्यानल (मोबाईल, ईन्टरनेट बैंकिङ्ग) मार्फत गरिने पहिलो कारोबार जस्तै दैनिक उपभोग्य वस्तु खरिद, विद्यायलको शुल्क, टप अप लगायतमा २,५०० वा १० प्रतिशतसम्म छुट पाउने भएका हुन् ।

केही समय अघि एनएमबि बैंकले भिडीयो केवाईसी, एक भिडियो कलमा आधारित ५ मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोवार गर्न सकिने योजना ल्याएको छ । एनएमबि बैंक नेपाली बैंकिङ्ग जगतमै शुरुदेखी अन्त्यसम्मको पुर्ण डिजीटल रुपमा खाता खोल्ने प्रक्रिया शुरु गर्ने पहिलो बैंक हो ।

एनएमबि बैंक नेपालको मात्र होइन एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भइसकेकाे छ । यसभन्दा अघि बैंकले २०१७, २०१८, २०२० मा पनि फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट लगातार तीन वर्षसम्म ‘बैंक अफ द इयर’ अवार्ड पाइसकेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

6845
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका