जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • सानिमा बैंकले सञ्चालनमा ल्यायो स्याङ्जाको पुतलीबजारमा नयाँ शाखा

सानिमा बैंकले सञ्चालनमा ल्यायो स्याङ्जाको पुतलीबजारमा नयाँ शाखा

सानिमा बैंकले बुधबारदेखि स्याङ्जाको पुतलीबजारमा नयाँ शाखा स्थापना गरी बैंकिङ सेवा सुरु गरेको छ ।

उक्त शाखा कार्यालयको उद्घाटन ब्रान्ड प्रबर्द्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ, कम्पनीका सञ्चाकल रमेश कुमार पोखरेल तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पान्डेले संयुक्त रुपमा गरेका हुन् ।

उक्त अवसरमा कलाकार श्रेष्ठले स्याङ्जाको पुतलीबजारमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।

त्यसैगरी, कम्पनीका सञ्चालक पोखरेलले सानिमा बैंकलाई विश्वास गरि सबल अनि विश्वसनीय बैंकको रुपमा स्थापित हुन सहयोग गर्ने सबै ग्राहक तथा सरोकारवालाहरु धन्यवादको पात्र रहेको बताए ।

त्यसैगरी, कम्पनीका प्रमुख कार्यकारी अधिकृत पान्डेले स्याङ्जा जिल्लामा शाखा स्थापना गरेर बैंकले स्थानीय ग्राहकरुलाई विश्वसनीय एवम स्तरीय सेवा प्रदान गर्ने बताए । कम्पनीको देशका सात वटै प्रदेशमा १३३ वटा कार्यालय र १२३ वटा एटीएम सञ्चालनमा छन् ।

645
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका