जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • प्रभु बैंकका सीइओ शेरचन विरुद्ध हालिएको मुद्धामा अदालतले अन्तरिम आदेश दिएन

प्रभु बैंकका सीइओ शेरचन विरुद्ध हालिएको मुद्धामा अदालतले अन्तरिम आदेश दिएन
प्रभु बैंकका सीइओ अशोक अशोक शेरचन, बैंकका संचालक समिति लगायतलाई विपक्षी बनाएर परेको मुद्धामा अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सीइओ अशोक शेरचनको कार्यकाल तेश्रो गैरकानुनी भएको दाबीसहित हालिएको मुद्धामा अदालतले अन्तरिम आदेश दिनु नपर्ने भन्दै शेरचनको पक्षमा आदेश दिएको हो ।
बैंक तथा वित्तीय संस्था ऐन अनुसार नै सीइओको रुपमा रहेका शेरचनविरुद्ध उच्च अदालतमा मुद्धा परेको थियो । प्रभु बैंकका संचालक समिति, अशोक शेरचन लगायतलाई विपक्षी बनाएर परेको मुद्धामा अदालतले अन्तरिम आदेश दिनु नपर्ने आदेश दिएको हो । शेरचनलाई सीइओ पदमा बस्न रोक लगाउन अन्तरिम आदेशको माग गर्दै मुद्धा हालिएको थियो ।

6225
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका