जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • IFC ले कालोसूचीमा राखेसंगै पाकिस्तानको हबिब बैंकद्वारा विश्वका विभिन्न बैंकबाट शेयर स्वामित्व विक्री गर्दैः नेपाली लगानीकर्तालाई बेच्न कुन कानूनले रोक्यो गभर्नर साब (प्रमाण सहित)

IFC ले कालोसूचीमा राखेसंगै पाकिस्तानको हबिब बैंकद्वारा विश्वका विभिन्न बैंकबाट शेयर स्वामित्व विक्री गर्दैः नेपाली लगानीकर्तालाई बेच्न कुन कानूनले रोक्यो गभर्नर साब (प्रमाण सहित)

IFC (इन्टरनेशनल फाइनान्स कर्पोरेशन)ले कालो सुचीमा राखेसंगै पाकिस्तानको हबिब बैंकले अमेरिका लगायत विश्वका विभिन्न देशमा भएको शेयर स्वामित्व विक्री गरिरहेको छ । पाकिस्तानको हबिब बैंकले नेपालको हिमालयन बैंकमा रहेको आफ्नो ३ करोड (१२.९३) प्रतिशत प्रमोटर शेयर विक्री गर्ने सम्झौता नै गरेको भएपनि राष्ट्र बैंकले अझै निर्णय दिएको छैन भन्दा फरक पर्दैन । समस्या परेपछि आफ्नो शेयर बेच्ने अधिकार सबैलाई छ । चाहे नेपाली होस् वा विदेशी होस् । विक्री गर्न कुनै कानूनले रोक्दैन तर, “नेपालको कानून दैवले जानुन” जस्तै भएको छ भन्दा अब चाहि फरक पर्दैन । IFC ले कालो सूचीमा राखेपछि कर्जा तिर्न नेपालको हिमालयन बैंकको शेयर प्रचलित कानून बमोजिम राज्यलाई कर तिरेर नेपाली लगानीकर्तालाई नै बेच्ने सम्झौता पाकिस्तान हबिब बैंकले गत २०२३ अगस्ट ४ मै गरेको भेटिएको छ । तर, राष्ट्र बैंक किन सहमती दिँदैन यो चाँहि खोजीकै विषय बनेको छ । कहाँ छ अर्थमन्त्रालय ?

पाकिस्तानको हबिब बैंकले नेपालको हिमालयन बैंकमा रहेको ३ करोड (१२.९३) प्रतिशत प्रमोटर शेयर नेपालकै उद्योगी व्यवसायीहरुले सञ्चालनमा ल्याएको हिमालयन रि इन्स्योरेन्स लिमिटेडलाई विक्री गर्ने सम्झौता गत अगस्ट ४ २०२३ मै गरेको देखिन्छ । तर, राष्ट्र बैंकले अझै स्वीकृत दिएको देखिदैन । कारण के हो ? गभर्नर महाप्रसाद अधिकारी ज्यू? के पाकिस्तानको हबिब बैंकले एनसेल (NCELL) जस्तै विदेशी लगानीकर्तालाई राज्यलाई कर छली गरि बेच्ने हो ? यसको उत्तर गर्भनर अधिकारीले अब दिनै पर्दछ । नेपाली लगानीकर्तालाई राज्यलाई तिर्ने कर तिरेर बेच्न नदिनु भनेको गभर्नर अधिकारीलाई पनि भाग लगाउनु पर्ने हो कि कसो अर्थमन्त्रीज्यू ?

निरिह गरिब जनताले किन्ने हैसियत हुँदैन । हिमालयन रि इन्स्योरेनसले पाकिस्तानको हबिब बैंकको प्रमोटर शेयर किन्ने प्रस्ताव हिमालयन बैंकका सीइओ अशोक राणाले मंसिर १४ गते २०८० मा राष्ट्र बैंकलाई पत्राचार गरेको पत्र आर्थिक बजार न्यूजडटकमसंग सुरक्षित छ । तर, गभर्नर अधिकारी विदेशी लगानीकर्ता नै बेच्न हबिब बैंकलाई किन दबाब दिइरहेका छन् । यो चाहि अब खोजीकै विषय बनेको छ । गभर्नर साब नेपालको कुन कानूनले पाकिस्तानको हबिब बैंकको प्रमोटर शेयर नेपाली लगानीकर्तालाई बेच्न दिँदैन ।

यति ठूलो शेयर नेपालकै ठूला घराना र व्यापारीहरुले किन्ने हो । निरिह गरिब जनताले किन्ने हैसियत हुँदैन । हिमालयन रि इन्स्योरेनसले पाकिस्तानको हबिब बैंकको प्रमोटर शेयर किन्ने प्रस्ताव हिमालयन बैंकका सीइओ अशोक राणाले मंसिर १४ गते २०८० मा राष्ट्र बैंकलाई पत्राचार गरेको पत्र आर्थिक बजार न्यूजडटकमसंग सुरक्षित छ । तर, गभर्नर अधिकारी विदेशी लगानीकर्ता नै बेच्न हबिब बैंकलाई किन दबाब दिइरहेका छन् । यो चाहि अब खोजीकै विषय बनेको छ । गभर्नर साब नेपालको कुन कानूनले पाकिस्तानको हबिब बैंकको प्रमोटर शेयर नेपाली लगानीकर्तालाई बेच्न दिँदैन । यसको उत्तर तपाईले दिनुपर्दछ कि पर्दैन ? गभर्नर साब IFC ले कालो सूचीमा राखेपछि शेयर स्वामित्व झिक्न बाध्य भएको पाकिस्तानको हबिब बैंकको प्रमोटर शेयर हिमालयन बैंकले विक्री गर्न किन पाउँदैन । प्रमोटरले चाहेपछि विक्री गर्ने अधिकार हबिब बैंकलाई छ । त्यसकुराको हेक्का राख्नु जरुरी देखिन्छ । गभर्नर साब सत्ता सधैं तपाईको हातमा हुँदैन । अर्को गभर्नर पनि आउने दिन आउँदै छन् । कानून सम्वत् आफ्नो सम्पत्ती बेच्ने अधिकार तपाई हामी सबैलाई छ । त्यो दिनै पर्दछ । नत्र कारण के हो प्रस्ट भाषामा सार्वजनिक हुनु जरुरी छ कि कसो ?

के हबिब बैंकले विदेशी लगानीकर्तालाई कर छलेर प्रमोटर शेयर बेच भनेको हो ? राष्ट्र बैंकले गभर्नर साब हेक्का होस् । नेपालकै लगानीकर्ताहरुले किन्दा राज्यको कर छली हुँदैन । फाइदाको कर राज्यले पाउने हो अनि किन सहमती राष्ट्र बैंकले दिँदैन । यो चलखेल नभए के हो गभर्नर साब ?

हामीलाई प्राप्त पत्र अनुसार पाकिस्तानको हबिब बैंकले नेपालको हिमालयन बैंकमा भएको ३ करोड बराबरको प्रमोटर शेयर नेपालकै घरघराना देखि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेतको लगानी भएको हिमालयन रि इन्स्योरेन्स लिमिटेडले किन किन्न पाउदैन कारण के हो ? उ अयोग्य हो वा राज्यलाई कर तिरेको छैन वा अन्य कुनै कारण छ । के हबिब बैंकले विदेशी लगानीकर्तालाई कर छलेर प्रमोटर शेयर बेच भनेको हो ? राष्ट्र बैंकले गभर्नर साब हेक्का होस् । नेपालकै लगानीकर्ताहरुले किन्दा राज्यको कर छली हुँदैन । फाइदाको कर राज्यले पाउने हो अनि किन सहमती राष्ट्र बैंकले दिँदैन । यो चलखेल नभए के हो गभर्नर साब ? भनिन्छ हबिब बैंकको प्रमोटर शेयर हिमालयन रि इन्स्योरेन्स लिमिटेडलाई बेच्न हिमालयन बैंकले सहमती गरेर पत्र २०८० मंसिर १४ गते नै राष्ट्र बैंक पुगेको छ । तर, किन निर्णय गरिदैन के राष्ट्र बैंकका गभर्नर, डिपुटी गभर्नरद्वय र संचालकहरुलाई पनि दान दक्षिणा गर्नु पर्ने हो आफ्नो सम्पत्ती बेच्दा गभर्नर साब हेक्का होस् । सचेत भया ।

2340
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका