जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • वित्तीय साक्षरतालाई देशको कुना–कुनामा लैजाने योजना छ : गभर्नर

वित्तीय साक्षरतालाई देशको कुना–कुनामा लैजाने योजना छ : गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ‘ग्लोबल मनि विक’को अभियान नेपालको दुर्गम क्षेत्रसम्म पुर्‍याइने बताएका छन् । सोमबार काठमाडौंको ‘ग्लोबल मनि विक’को अवसरमा राष्ट्र बैंकद्वारा आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले वित्तीय साक्षरता अभियान देशका दुर्गम क्षेत्र समेत पुर्‍याउन जरुरी रहेको बताए । गभर्नर अधिकारीले सो अभियान सुरुआती चरणबाटै सक्रिय रहेको बताए ।

अभियानलाई राष्ट्र बैंकले अझ विस्तार गर्ने प्रतिवद्धता जनाए । गभर्नर अधिकारीले भने, “वित्तीय साक्षरतालाई देशको कुना–कुना लैजाने योजना छ ।” कुनै पनि प्रोडक्ट बैंक तथा वित्तीय संस्थाहरूले ल्याउँदा वा नीति ल्याउँदा कार्यान्वयनमा जानको लागि वित्तीय चेतना हुन जरुरी रहेको औल्याए ।

पैसाको बचत गर्ने र भविष्यको लागि सुरक्षित राख्ने विषयलाई प्राथमिकता दिएर ग्लोबल मनि विक मनाउने गरिएको बताए । उनले भविष्यमा कमाएर मात्रै बचत गर्ने नभएर बाल्यकालदेखि बानी बसाउन जरुरी रहेको बताए ।

410
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका