जोडिनुहोस
बिहिबार, बैशाख ११, २०८२
बिहिबार, बैशाख ११, २०८२
  • होमपेज
  • नाडा बरिष्ठ उपाध्यक्षमा गोल्छा, उपाध्यक्षमा राजनबाबु र निराकार, महासचिवमा उप्रेति र कोषाध्यक्षमा मल्ल

नाडा बरिष्ठ उपाध्यक्षमा गोल्छा, उपाध्यक्षमा राजनबाबु र निराकार, महासचिवमा उप्रेति र कोषाध्यक्षमा मल्ल

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को पदाधीकारीको टुंगो लागेको छ ।सर्वसम्मत रुपमा करण चौधरीलाई अध्यक्ष चुनेको नाडाले अन्य पदाधिकारीको पनि टुंगो लगाएको हो ।

आइतबार बसेको कार्यसमितिको बैठकले नाडाको बरिष्ठ उपाध्यक्षमा आकाश गोल्छालाई चयन गरेको छ । गोल्छा अर्को कार्यकालका लागि स्वत: अध्यक्ष हुनेछन् ।

यस्तै, उपाध्यक्षमा भने राजनबाबु श्रेष्ठ र निराकर श्रेष्ठ चयन भएका छन् । राजनबाबु सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत हुन् भने निराकर लक्ष्मी ग्रुपका निर्देशक हुन् ।

आगामी कार्यकालको लागि पनि नाडा महासचिवमा सुरेन्द्र कुमार उप्रेति र कोषाध्यक्षमा मिलनबाबु मल्ल चुनिएका छन् । उप्रति र मल्ल यसअघि पनि सोही पदमा नेतृत्व सम्हालेका थिए ।

सचिवमा भने बिक्रम सिंघानिया चयन भएका छन् । सो पदका लागि बिवाइडीकी यमुना श्रेष्ठबीच सिंघनियाको प्रतिस्पर्धा भएको थियो । तर, सिंघानियाले १५ मत र श्रेष्ठ १४ मत प्राप्त गरेकी थिइन् । नाडाको सह कोषाध्यक्षमा भने पंकज अग्रवाल चयन भएका छन् ।

गत शुक्रबारको सम्पन्न नाडाको ४७औं साधारण सभाबाट सदस्यहरुमा सुनिल रिजाल, दीपेन्द्र कुमार मिश्रा, पंकज अग्रवाल, कपिल शिवाकोटी, विक्रम सिंघानिया, नवराज भुसाल, प्रदीपमान प्रधान, सञ्जयकुमार खेतान, सौरभ थापा, ऋद्धि कार्की, यमुना श्रेष्ठ, प्रकाश कपुरी निर्विरोध भएका थिए ।

कार्यसमितिले ३ जना मनोनीत गरेको छ । मनोनित हुनेमा मेघराज पौडेल, निलमणि पाठक र सोहन श्रेष्ठ छन् । संस्थागत तर्फबाट मोरङ अटोमोबाइल्स डिलर्स एसोसिएसनका संजयकुमार श्रेष्ठ, जानकी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको तर्फबाट तेजनारायण साह, चितवन अटोमोबाइल्स एसोसिएसनको तर्फबाट कुलबहादुर क्षेत्री, पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन तर्फबाट कृष्णप्रसाद श्रेष्ठ चयन भएका छन्।

त्यस्तै लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको तर्फबाट गणेश प्रसाद भट्टराई, कर्णाली अटोमोबाइल्स डिलर्स एसोसिएसनको तर्फबाट भद्र भण्डारी र सुदूरपश्चिम अटोमोबाइल्स डिलर्स एसोसिएउसनको तर्फबाट पुष्कर राज ओझा निर्विरोध निर्वाचित भएका छन्।

3165
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका