जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • पोखरामा शुभारम्भ भयो आईएमई मोटर्स र अशोक लेल्यान्डको नयाँ शोरुम र सर्भिस सेन्टर

पोखरामा शुभारम्भ भयो आईएमई मोटर्स र अशोक लेल्यान्डको नयाँ शोरुम र सर्भिस सेन्टर

अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक वितरक आईएमई मोटर्सले आज पोखरामा आफ्नो स्टाइलिस, बेस्ट–इन–क्लास शोरुम र स्टेट–अफ–द–आर्ट सर्भिस सेन्टरको शुरुवात गरेको छ ।

नयाँ सुविधायुक्त सेवा पोखरा–बाग्लुङ राजमार्गको पर्स्याङमा अवस्थित छ । अत्याधुनिक शोरुमले अग्रणी ब्रान्ड अशोक लेल्यान्डका फुल रेन्ज सवारी साधन उपलब्ध गराउने छ । ग्राहकले आफ्नो अनुकूलता अनुसार विभिन्न मोडलको स्पेसिफिकेसन तथा फिचर तुलना गरी आफूलाई उपयुक्त सवारी साधन छनोट गर्न सक्ने कम्पनीको भनाइ छ ।

आधिकारिक सर्भिस सेन्टर, पीके ट्रेडिङ, सँग अनुभवी तथा तालिमप्राप्त र सिपयुक्त प्राविधिकहरुको समूह छ, जसले अशोक लेल्यान्डका सबै कमर्सियल सवारी साधन मोडलमा भएका समस्याको निदान र मर्मत गर्न सक्छन् । मर्मत कार्यलाई छिटो र कुशलतापूर्वक सम्पन्न गर्ने सुनिश्चितताका लागि सर्भिस सेन्टर अत्याधुनिक टुल्स र इक्विपमेन्टले सुसज्जित छ । सवारी साधन चलायमान गराइ राख्नका लागि सर्भिस सेन्टरले नियमित मर्मत सेवा समेत प्रदान गर्छ ।

स्पेयर पार्ट्स डिपार्टमेन्टले सबै प्रकारका कमर्सियल सवारी साधनका लागि उपयुक्त जेन्युइन पार्ट्सको स्टक उपलब्ध गराउछ । आफ्नो सवारी साधनमा फिट हुने र प्रभावकारी रुपमा कार्य गर्ने गरी डिजाइन गरिएका स्पेयर पार्ट्स यहाँ उपलब्ध हुने भएकाले ग्राहक ढुक्क हुन सक्छन् ।

कमर्सियल सवारी साधन धनी आफ्नो जीविकोपार्जनका लागि आफ्नो त्यही सवारी साधनमा भर पर्छन् भन्ने कुरा अशोक लेल्यान्डले बुझेको कम्पनीको भनाइ छ । त्यसैले कम्पनीले आफ्ना ग्राहकलाई उच्चतम स्तरको सेवा उपलब्ध गराउन यो नयाँ शोरुम र सर्भिस सेन्टरमा लगानी गरेको जनाएको छ ।

शोरुम र सर्भिस सेन्टरको उद्घाटन गर्दै आईएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले भने, ‘हाम्रो प्रतिवद्ध ग्राहक केन्द्रीत रणनीतिको एक हिस्साका रूपमा हामी हाम्रो डिलरशिप नेटवर्क विस्तार गर्न सधैं तत्पर छौं । नेपालका सबै प्रमुख सहरहरूमा फैलिएको हाम्रो विद्यमान व्यापक नेटवर्कमा नयाँ आउटलेटहरूलाई स्वागत गर्न पाउँदा हामी अत्यन्तै खुसी छौं । थप भएका यी आउटलेटहरूले ग्राहकहरुलाई सजिलो र सहज पहुँच प्रदान गर्ने मात्र नभई हाम्रा आदरणीय ग्राहकहरूलाई विश्व स्तरको अनुभव पनि दिनेछ ।’

ग्राहक सेवा र सन्तुष्टिमा पूर्ण ध्यान केन्द्रित गर्दै आईएमई मोटर्स/अशोक लेल्यान्ड ग्राहकका माग र अपेक्षाहरू पूरा गर्न प्रतिबद्ध भएको बताएको छ । कम्पनीका प्रमुख दुई रणनीतिक पिलर ‘सेल्स पोइन्टमा बेस्ट–इन–क्लास ग्राहक अनुभव’ र ‘छिटो र भरपर्दो बिक्री पछिको सेवा’ भएको बताइएको छ ।

आईएमई मोटर्सले विश्वस्तरीय रिटेल ब्रान्ड अफरिङ र उत्कृष्ट सवारी साधन स्वामित्व अनुभव सुनिश्चित गर्दै ग्राहक सेवा अभिवृद्धि गर्ने कार्यलाई निरन्तरता दिने बताएको छ ।

साथै, आईएमई मोटर्सले दीर्घकालीन अवधिका लागि प्रतिस्पर्धी ब्याजदरमा सहज र छिटो ऋण उपलब्ध गराउन एभरेष्ट बैंक, ग्लोबल आईएमई बैंक, भएएचपीपीएल (भेन्चर हायर पर्चेज प्रालि) र नबिल बैंकसँग सम्झौता गरेको छ ।

अशोक लेल्यान्ड नेपालको अग्रणी व्यावसायिक सवारी साधन बिक्री गर्ने ब्रान्ड हो र आईएमई मोटर्स नेपालमा अशोक लेल्यान्ड सवारी साधनको एकमात्र आधिकारिक वितरक हो ।

ग्राहकहरूका लागि नयाँ र समसामयिक सेटअपहरू प्रस्तुत गर्दै आइरहेको आईएमई मोटर्स/अशोक लेल्यान्डले नेपाली बजारमा अझ गहिरो पहुँच राख्ने र उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने अर्को थप कदमको रुपमा यो कार्य अगाडि बढाएको जनाएको छ ।

छिटो र भपरर्दो ‘बिक्री पछिको सेवा’ उपलब्ध गराउने उद्देश्यका साथ पहुँच र उपलब्धताको हिसाबले अशोक लेल्यान्डको देशभर उत्कृष्ट नेटवर्क उपलब्ध छ । अशोक लेल्यान्डका पहिले नै देशभर १८ आउटलेट छन् भने निकट भविष्यमै ४ थप आउटलेट सञ्चालनमा आउँदै छन् । त्यसैगरी हाल देशभर ४८ स्पेयर पार्ट्स आउटलेट छन् भने २० आउटलेट सञ्चालनमा आउँदै गरेको कम्पनीको भनाइ छ ।

1425
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?