जोडिनुहोस
बुधबार, बैशाख १९, २०८१
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • सनराइज र लक्ष्मी क्यापिटल मर्ज भएर बन्यो एलएस क्यापिटल

सनराइज र लक्ष्मी क्यापिटल मर्ज भएर बन्यो एलएस क्यापिटल

सनराइज क्यापिटल र लक्ष्मी क्यापिटल मार्केट एकआपसमा गाभिएर सोमबारबाट एलएस क्यापिटलको नामबाट एकीकृत कारोबार सुरु गरेको छ।

एलएस क्यापिटलले कम्पनी रजिष्ट्रारको कार्यालयबाट मंसिर २९ गते लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको नाममा कारोबार गर्ने स्वीकृति पाएको थियो। कम्पनीको प्रधान कार्यालय नयाँ बानेश्वरमा आयोजना गरिएको एक समारोहमा साविक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडका अध्यक्ष सुमेद भट्टराई र सनराइज क्यापिटल लिमिटेडका अध्यक्ष अपछकुमार यादवले एकीकृत कारोबार सुरु भएको भएको घोषणा गरेका छन्।

विगत तीन दशकदेखि पुँजी बजारको उत्थानमा समर्पित यस मर्चेण्ट बैंकले आफ्ना समस्त ग्राहक वर्गलाई उच्चतम सेवा उपलब्ध गराउँदै आइरहेको जनाएको छ। दुई कम्पनी गाभिएपछि नवीनतम सेवा सुविधाका साथ छुट्टै पहिचान स्थापित गर्ने लक्ष्य रहेको कम्पनीको भनाइ छ। मर्जरपछि राजिव सापकोटाले अध्यक्षको पदभार ग्रहण गरेका छन् भने विजयलाल श्रेष्ठले प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेवारीलाई निरन्तरता दिएका छन्।

साथै, मर्जरपछि कम्पनीले हाल गर्दै आएको मर्चेन्ट बैंकिङ तथा इन्भेष्टमेन्ट बैंकिङ व्यवसायमा प्रविधिको माध्यमबाट आधुनिकीकरण गरी आफ्ना सेवाहरुको विस्तार गर्ने र सकारात्मक सोचका साथ आफ्ना सेवाहरुलाई अझ सुदृढ र सशक्त रूपमा विस्तार गर्दै धितोपत्र बजारमा आफ्नो विशिष्ट पहिचान बनाउन सकिने विश्वास क्यापिटलको छ।

नेपालको पुँजी बजारमा ३ दशक लामो सफलता बोकेको यस मर्चेण्ट बैंकको एकीकृत चुक्ता पुँजी मर्जरपछि ४८ करोड ८९ लाख रुपैयाँ कायम भएको छ। कम्पनीले सर्वसाधारणका लागि २०० भन्दा बढी धितोपत्र निष्काशन, ४१ वटा बोलपत्र मार्फत धितोपत्र निष्काशन र ५२ वटा सेयर प्रत्याभूति व्यवस्थापन गरिसकेको जनाएको छ।

साथै, कम्पनीले ३०० जनाको करिब ६४ करोड रकम बराबरको पोर्टफोलियो व्यवस्थापन, ९ वटा म्युचुअल फण्ड व्यवस्थापन गरिसकेकोमा हाल १ खुल्लामुखी म्युचुअल फण्डसहित ७ वटा म्युचुअल फण्ड व्यवस्थापन गर्दै आइरहेको जनाएको छ।

जसअन्तर्गत ७ अर्बको सम्पत्ति व्यवस्थापन भइरहेको, एक विशिष्टिकृत लगानी कोष अर्न्तगत प्राइभेट इक्‍विटी भेन्चर क्यापिटल फन्डको रुपमा १ अर्ब बराबरको लक्ष्मी सस्टेनेबल इनर्जी फन्ड संचालनमा रहेको ३२ वटा कम्पनीहरुको सेयर रजिष्ट्रारको काम गरिरहेको छ। कम्पनीले ३ लाख ३० हजार भन्दा बढी डिम्याट खाता खोलिसकेको छ।

720
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका