जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • डिसहोमले एक वर्षमा गर्यो ५ अर्ब बढीको आम्दानी

डिसहोमले एक वर्षमा गर्यो ५ अर्ब बढीको आम्दानी

डिस मिडिया नेटवर्क (डिसहोम) को वार्षिक आम्दानी बढ्दो छ । कम्पनीको अपरिस्कृत वित्तीय विवरणअनुसार डिसहोमले आर्थिक वर्ष २०२३ मा ५ अर्ब १९ करोड रुपैयाँ बराबरको आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्ष २०२२ मा यस्तो आम्दानी ४ अर्ब ८३ करोड रुपैयाँ थियो ।

आम्दानी बढाएको कम्पनीको नाफा भने अघिल्ला वर्षको तुलनामा घटेको छ । अघिल्लो आवमा १७.७८ प्रतिशतले बढेको कम्पनीको नाफा गत आवमा १.२५ प्रतिशतले मात्रै बढेको छ ।

सन् २०१०मा डाइरेक्ट टू होम (डीटीएच) सेवा प्रदायक स्याट्यालाइट च्यानल र डिस मिडिया नेटवर्क मर्ज भई डिस मिडिया नेटवर्क बनेको हो । र, सन् २०१७ जुलाई २ मा पब्लिक कम्पनीमा परिणत भएको हो ।

हाल कम्पनीले ७५ डिलर, ४ हजार ५ सयभन्दा बढी सब डिलर, १४ सर्भिस सेन्टरहरु मार्फत ग्राहकलाई सेवा दिइरहेको छ । त्यस्तै, कम्पनीको १५ सय प्लस सेवा फ्रान्चाइज र १० हजार पोइन्ट अफ सेल्स र ३३ वटा स्थानीय केबल अपरेटरहरु र १२५ स्थानीय केबल अपरेटरहरु देशभर छन् ।

डिसहोमको मूख्य सेयरधनी स्याण्डमार्टिन इन्टरनेशनल होल्डिङ्ग रहेको छ, जसको ३३ प्रतिशत सेयर स्वामित्व छ ।

डिसहोमले १० अर्ब रुपैयाँ बराबरको कर्जाको लागि केयर रेटिङ्ग नेपालमा रेटिङ्ग गराएको छ । जसमध्ये ५ अर्ब ७२ करोड २८ लाख रुपैयाँ दीर्घकालिन कर्जाको लागि र बाँकी रहेको ४ अर्ब २७ करोड ७२ लाख रुपैयाँ अल्पकालिन कर्जाको लागि रेटिङ्ग भएको छ । यी दुई वटै कर्जाको लागि केयर रेटिङ्गले क्रमशः केयर एनपी डबल बीप्लस र केयर एनपी एफोर प्लस रेटिङ्ग दिएको छ ।

डिसहोमले २३ करोड ८५ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्दै छ । जसको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

545
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?