जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • सूर्यज्योती लाईफको नक्कली बीमा लेख र नक्कली सटिफिकेटको छानवीनको माग गर्दै नेपाल बीमा प्राधिकरणमा उजुरीको चाङ, नेपाल बीमा प्राधिकरण हस्तक्षेप गर्ने तयारीमा ! (प्रमाण सहित)

सूर्यज्योती लाईफको नक्कली बीमा लेख र नक्कली सटिफिकेटको छानवीनको माग गर्दै नेपाल बीमा प्राधिकरणमा उजुरीको चाङ, नेपाल बीमा प्राधिकरण हस्तक्षेप गर्ने तयारीमा ! (प्रमाण सहित)

नेपालका १४ जीवन बीमा कम्पनीहरु मध्ये सधैं विवादमा फस्दै आएको सूर्य ज्योति लाईफ इन्स्योरेन्स कम्पनी फेरि विमितलाई फसाएर नक्कली बीमाको धन्दा गर्दै आएको छ भन्दा अब चाहि फरक पर्दैन । कहिले १ अर्ब भन्दा बढिको बीमा लेखको भुक्तानी नक्कली पीडितलाई दिने त कहिले जग्गा धितो नै राखी बीमा लेख बनाएर सरेण्डर गराउने देखि राज्यलाई नक्कली वित्तिय विवरण बनाएर कर छली गरेको प्रमाण आर्थिक बजार न्यूज डटकमले फेला पारेको छ । सधैं ठगी धन्दा गर्दै आएको सूर्य ज्योती लाईफ इन्स्योरेन्स कम्पनीलाई नेपाल बीमा प्राधिकरणले साथ दिँदै आएको देखिन्छ । कारण के हो नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालज्यू । के माडवाडी समूदायको लगानी रहेको कम्पनीलाई जे पनि गर्न छुट तपाई अध्यक्ष सिलवालज्यूले दिने गरेको छ कि कसो ? हेक्का होस् ।

कहिले १ अर्ब भन्दा बढिको बीमा लेखको भुक्तानी नक्कली पीडितलाई दिने त कहिले जग्गा धितो नै राखी बीमा लेख बनाएर सरेण्डर गराउने देखि राज्यलाई नक्कली वित्तिय विवरण बनाएर कर छली गरेको प्रमाण आर्थिक बजार न्यूज डटकमले फेला पारेको छ । सधैं ठगी भन्दा गर्दै आएको सूर्य ज्योती लाईफ इन्स्योरेन्स कम्पनीलाई नेपाल बीमा प्राधिकरणले साथ दिँदै आएको देखिन्छ ।

सूर्यज्योती लाईफ इन्स्योरेन्स कम्पनीले एउटा अचम्मको बीमा लेख गराएर सरेण्डर गरेको कागज पत्र आर्थिक बजार न्यूज डटकमलाई प्राप्त भएको छ । यो उजुरी नेपाल बीमा प्राधिकरणमा ६ महिना अगाडी पुगे पनि कारवाहीको त कुरा छैन प्राधिकरणले सुर्यज्योती लाईफलाई साथ दिँदै आएको भेटिएको छ । अर्थमन्त्री महतज्यू यो कस्तो निमयनकारी निकाय हो ? यो डरलाग्दो कथा यस्तो छ । नेपाल बीमा प्राधिकरणले साथ दिँदै आएको सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गैर कानुनी रुपमा बीमा अभिकर्ताको नाममा जग्गा धितोमा ऋण दिएर पुनः बीमा गराएको र पछि बीमितको रकम नै हिनामिना गरिदिएको भेटिएको छ । गैर कानुनी रुपमा जग्गा धितो राखी ऋण दिएर पुनः सोही ऋण बापतको रकमले एकल बीमा पोलिसी बिक्री गरी पछि सरेण्डर गराई सूर्य ज्योती लाईफ इन्स्योरेन्सले ठगी गरेको तथ्य फेला परेको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्षज्यू हेक्का होस् । सुर्या ज्योती लाइफ इन्स्योरेन्स कम्पनीले २०७७ माघ २१ गते चलानी नं १६१६ बाट मालपोत कार्यालय नुवाकोटलाई पत्र लेखेरै नुवाकोट जिल्ला बिदुर नगरपालिका ४ का २२ बर्षिय श्रेष्ठ थरका ऋणीको आमाको नामको जग्गा रोक्का राखेको पत्र हामीलाई प्राप्त भएको छ ।

७८६५÷२०७७।११।१२ गते मालपोत कार्यालय नुवाकोटबाट पारित दृष्टिबन्धक लिखतमा निजकी आमाको नाममा रहेको नुवाकोटकै बिदुर २ को पाँच आना जग्गा रोक्का राखिएको तथ्य भेटिएको हो । बीमा सेवा गर्न भनेर बीमा प्राधिकरणबाट लाइसेन्स पाएको तत्कालिन सुर्या ज्योती लाइफले गैर कानुनी रुपमा बीमितहरुलाई झुक्याएर एकल बीमा पोलिसीमा १० प्रतिशत मुनाफा हुने भन्दै जग्गाधितो राखेर ऋण दिलाएको देखाएर बीमा गराई पछि सरेण्डर समेत गराएर ठगी गरेको भेटिएको छ । यो कस्तो बीमा हो नेपाल बीमा प्राधिकरणका अध्यक्षज्यू ।

अर्थमन्त्री महतज्यू यो कस्तो निमयनकारी निकाय हो ? यो डरलाग्दो कथा यस्तो छ । नेपाल बीमा प्राधिकरणले साथ दिँदै आएको सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गैर कानुनी रुपमा बीमा अभिकर्ताको नाममा जग्गा धितोमा ऋण दिएर पुनः बीमा गराएको र पछि बीमितको रकम नै हिनामिना गरिदिएको भेटिएको छ । गैर कानुनी रुपमा जग्गा धितो राखी ऋण दिएर पुनः सोही ऋण बापतको रकमले एकल बीमा पोलिसी बिक्री गरी पछि सरेण्डर गराई सूर्य ज्योती लाईफ इन्स्योरेन्सले ठगी गरेको तथ्य फेला परेको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्षज्यू हेक्का होस् ।

पीडित ऋणी बीमा अभिकर्ता मात्रै नभई बीमित समेत भएको तथ्य खुलेको छ । निजलाई सुर्यज्योति लाइफका न्यूरोड शाखाका प्रमुख प्रदिप लामाले झुक्याएर बीमा गराउनकै लागि अभिकर्ता बनाएको र अभिकर्ता बनाए लगत्तै जग्गा धितो राखी २०७७ साल फागुन २१ गते २७ लाख रुपैयाँ ऋण प्रवाह गरेको र सो रकम मध्ये १७ लाख रुपैयाँको एकल बीमा पोलिसी बिक्री गरेको तथ्य प्रमाणहरुले देखाएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्षज्यू के यस कम्पनीका सीइओ खत्रीलाई कुनै कारवाही हुँदैन । उक्त बीमा पोलिसी दुई वर्षपछि सरेण्डर गराएर जम्मा छ लाख रुपैयाँ मात्रै फिर्ता गरेको देखिएको भेटिएको छ । हेक्का होस् ।
सूर्यलाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जर भई बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्समा मेनेजरले धम्कीपूर्ण भाषा प्रयोग गरेर बीमा पोलिसी बिक्री गर्न लगाएको, आफ्नै पैसा हालेर भए पनि ‘बिजनेश बढाउन’ भन्दै मानसिक तनाव दिएको, शैक्षिक योग्यता नपुगेकाहरुलाई पदमा राखिएको र भारतबाट किनेर ल्याएको नक्कली सर्टिफिकेटका भरमा विभिन्न तहका कर्मचारीहरुले जागिर खाएको भन्दै नेपाल बीमा प्राधिकरण, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, अर्थ मन्त्रालय, र श्रम मन्त्रालयमासमेत बोद्धार्थ दिएर उजुरी गरिएको छ । भन्दा फरक पर्दैन ।

अर्को कथा पनि हेरौंः–

सुर्यज्योति लाइफका न्यूरोड शाखाका प्रमुख प्रदिप लामाले झुक्याएर बीमा गराउनकै लागि अभिकर्ता बनाएको र अभिकर्ता बनाए लगत्तै जग्गा धितो राखी २०७७ साल फागुन २१ गते २७ लाख रुपैयाँ ऋण प्रवाह गरेको र सो रकम मध्ये १७ लाख रुपैयाँको एकल बीमा पोलिसी बिक्री गरेको तथ्य प्रमाणहरुले देखाएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्षज्यू के यस कम्पनीका सीइओ खत्रीलाई कुनै कारवाही हुँदैन ।

बीमा कम्पनीमै कार्यरत एक कर्मचारीले विभिन्न निकायमा दिएको सो उजुरीमा सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा उच्च पदमा कार्यरत कर्मचारीहरुको सर्टिफिकेट नक्कली भएको दाबीसमेत गरिएको छ भने शैक्षिक योग्यता नपुगेकाहरुले जागिर खाईरहेको भन्दै उनीहरुको नाम, पद र ठेगानासमेत उल्लेख गरिएको छ । बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को ठाडो उल्लघंन गरेर केहि कर्मचारीहरुले अनुचित सुविधा लिँदा पनि प्राधिकरण मौन बसेकोसमेत सो उजुरीमा उल्लेख छ ।

बीमा प्राधिकारणलेसमेत केहि कर्मचारीहरुको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै बीमा समितिमा उजुरी परेको पुष्टी गरेको छ । ‘तपाईंकहाँ पुगेको उजुरी अलिअघि नै प्राधिकरणमा दर्ता भएको थियो । यस विषयमा थप के भयो त्यो बुझ्नुपर्छ । तर हामीले, कम्पनीलाई यस विषयमा सोधिसकेका छौँ ।’ बीमा प्राधिकरणका एक अधिकारीले भने, ‘सूर्यज्योति लाइफको अर्को एउटा पुराना केस पनि सेटल भएको छैन । कतै कानुन मिचिएको छ भने हामी अब कम्पनीनै हस्तक्षेप गरिहाल्छौँ ।’

केहि समय अघिमात्र सूर्यज्योति लाइफ इन्स्योरेन्सले पाएको एक भारतीय अवार्डलाई लिएर कम्पनीको आलोचना भएको थियो । पैसा तिरेर गएको कनक्लेभमा सबैजसोलाई बाँडिएको अवार्ड लिने तर पोष्ट मर्जरमा निम्तिएका विभिन्न समस्याहरुको समाधान नगरेको भन्दै कम्पनीको तीब्र आलोचना भएको थियो । ‘जग्गा धितो राखेर ऋण दिन पाइदैन, कि कसो अध्यक्ष सिलवालज्यू ? रोचक कुरा के छ भने उक्त गैर कानुनी कार्यबारे पीडितले पटक पटक सिईओ प्रकाश बिक्रम खत्रीलाई भेटेर आफू ठगिएको बारे लिखित र मौखिक रुपमा गुनासो गर्दा समेत कुनै सुनुवाई नगरेको पीडितको भनाई छ । पछिल्लो समय सूर्यज्योतिमा नक्कली सर्टिफिकेटधारीहरुको बिगबिगी बढेको छ । तर औपचारिक उजुरी पर्दा पनि यस विषयमा प्राधिकरणले आवश्यक छानविन प्रक्रिया अगाडी नबढाएको उजुरीकर्ताको गुनासो छ । सचेत भया ।

4850
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?