जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • वाणिज्य बैंकहरूको नाफा ऋणात्मक

वाणिज्य बैंकहरूको नाफा ऋणात्मक

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा वाणिज्य बैंकहरूको नाफा वृद्धिदर ४.३६ प्रतिशतले ऋणात्मक भएको छ। साउनदेखि पुससम्म २० वाणिज्य बैंकले २७ अर्ब ४३ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरे। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम हो, जहाँ नाफा २८ अर्ब ६८ करोड ८३ लाख थियो।

ब्याज आयमा कमी, खराब कर्जा वृद्धि, र त्यस बापतको नोक्सानी व्यवस्थापन गर्नुपरेकाले बैंकहरूको नाफामा गिरावट आएको हो। हाल २० मध्ये ९ वाणिज्य बैंकको नाफा घटेको छ भने ११ को नाफा वृद्धि भएको छ।

खराब कर्जा औसत ४.३३ प्रतिशत पुगेको छ, जुन गत आर्थिक वर्षको ३.२७ प्रतिशतभन्दा उल्लेखनीय रूपमा उच्च हो। निर्माण व्यवसायीको कर्जा भुक्तानी, साना तथा मझौला व्यवसायमा समस्या, र राष्ट्र बैंकको कर्जा पुनःतालिकीकरणमा कडाइले खराब कर्जा वृद्धि भएको बैंकहरूको भनाइ छ। अर्थतन्त्रमा गतिशीलता अभावले बैंकहरूको वित्तीय अवस्था प्रभावित भएको बताइन्छ।

चालू आर्थिक वर्षको पहिलो ६ महिनाको तथ्यांकअनुसार नबिल बैंक ३ अर्ब २४ करोड ४३ लाख नाफा आर्जन गर्दै सबैभन्दा बढी नाफा गर्ने बैंक बनेको छ। ग्लोबल आईएमई बैंक ३ अर्ब ५ करोड ३५ लाख नाफासहित दोस्रो स्थानमा छ। आर्थिक गतिविधि चलायमान भएमा खराब कर्जा घट्न सक्ने र बैंकहरूको वित्तीय स्थिति सुधार हुने अपेक्षा गरिएको छ।

1730
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका