जोडिनुहोस
बुधबार, बैशाख १९, २०८१
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • सहकारी क्षेत्रका महँगा सीईओ पौडेल, तलब भत्ता मात्रै ७२ लाख बढी

सहकारी क्षेत्रका महँगा सीईओ पौडेल, तलब भत्ता मात्रै ७२ लाख बढी

आईएमई को-अपरेटिभ सर्भिस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले मासिक ६ लाख रुपैयाँभन्दा बढी तलब भत्ता बुझ्ने गरेको पाइएको छ । सहकारीका सीईओ अर्जुन पौडेल शर्माले मासिक ६ लाखभन्दा बढी तलब भत्ता बुझ्ने गरेको पाइएको हो । उनले तलब भत्ता बाहेक अन्य सुविधा पनि राम्रै बुझ्ने गरेका छन् ।

संस्थाले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा भने उनको तलब भत्ता लुकाइएको छ । संस्थाले कर्मचारी तथा उच्च व्यवस्थापकहरूको तलब तथा अन्य सुविधा सदस्यहरूको जानकारीका लागि प्रतिवेदनमा देखाउनु पर्ने भए पनि आईएमई को-अपरेटिभले भने सार्वजनिक नगरेर गोप्य राखेको छ ।

तलब भत्ता नै गोप्य राखेपछि संस्थाका सदस्यहरूले नै संसय पैदा गरेका छन् । सहकारीको विभिन्न प्रदेशमा भएको साधारणसभामा यो विषयमा छलफल पनि भएको बुझिएको छ । एउटा प्रारम्भिक सहकारीको प्रमुख कार्यकारीको तलब बढी भएको भन्दै साधारण सभामा सदस्यहरूले गुनासो गर्ने गरेका छन् ।

आईएमई को-अपरेटिभ एक प्रारम्भिक सहकारी संस्था हो । एउटा प्रारम्भिक सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृतले बुझ्ने गरेको तलब फाइनान्स कम्पनी, विकास बैंक, राष्ट्रिय सहकारी बैंक, नेफ्स्कूनको प्रमुख कार्यकारी अधिकृतको भन्दा कम छैन ।

६५ अर्बको वासलात रहेको राष्ट्रिय सहकारी बैंकको प्रमुख कार्यकारी अधिकृतको तलब भत्ता (मासिक) साढे सात लाखको हाराहारी छ । नेपालका बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरुको केन्द्रीय निकाय नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृतको तलब भत्ता सवा २ लाख छ । जबकी नेफ्स्कूनको पनि वासलात २६ अर्बभन्दा बढी छ । आर्थिक वर्ष २०७९÷८० मा आईएमई को–अपरेटिभको कुल वासलात ९ अर्ब ८२ करोड छ । अघिल्लो आर्थिक वर्षमा १० अर्ब नाघेका वासलात यस वर्ष भने २ प्रतिशतले घटेको छ ।

आईएमई को-अपरेटिभ सर्भिस लिमिटेड आईएमई ग्रुप अन्तर्गत सञ्चालित छन् । तलब भत्ता मात्रै नभएर यहाँ पाउने अन्य सुविधाहरु पनि आर्कषक छ । सिईओ शर्माले झण्डै डेढ करोडको गाडी चढ्छन् । गाडी पनि संस्थाले नै उपलब्ध गराउँदै आएको छ ।

संस्थाले आर्थिक वर्ष २०७९/८० मा मात्रै ७ करोड ८१ लाख ३४ हजार ८ सय ८ रुपैयाँ ७५ पैसा कर्मचारीको तलबका लागि खर्च गरेको छ ।

725
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका