जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • माघ महिनामा वाणिज्य र विकास बैंकहरुको ब्याजदर घट्यो : अब कर्जाको ब्याजदर पनि घट्ने

माघ महिनामा वाणिज्य र विकास बैंकहरुको ब्याजदर घट्यो : अब कर्जाको ब्याजदर पनि घट्ने

नेपालका २० वाणिज्य बैंक र ९ राष्ट्रिय स्तरका विकास बैंकहरुले माघमा डिपोजिट ब्याजदर घटाएका छन् । अब कर्जा ब्याजदर पनि घट्ने पक्का पक्की भएको छ भन्दा अब फरक पर्दैन । बैंकको ब्याजदर पछिल्लो पटक ८ प्रतिशत हाराहारीमा झरेको छ । वाणिज्य बैंकहरुले माघ महिनाका लागि औसत ०.८२ प्रतिशतले घटाउँदै निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । बैंकहरुद्वारा सार्वजनिक नयाँ ब्याजदरअनुसार माघ महिनाका लागि न्यूनतम ७.२६ प्रतिशतदेखि अधिकतम ९.१५ प्रतिशतसम्म घटाएका छन् ।

नेप्सेमा सूचीकृत २० वटा वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी सिटिजन्स् बैंकले माघ महिनाका लागि व्यक्तिगत निक्षेपमा सबैभन्दा बढी ९.१५ प्रतिशत प्रस्ताव गरेको छ भने बैंकले संस्थागत निक्षेपमा ६.६ प्रतिशत प्रस्ताव गरेको छ । यसैगरी कम ब्याजदर प्रस्ताव गर्ने कृषि विकास बैंकले व्यक्तिगत निक्षेपमा ७.२६ प्रतिशत प्रस्ताव गरेको छ भने संस्थागत निक्षेपमा ५.७६ प्रतिशत ब्याजदर प्रस्ताव गरेको देखिन्छ ।

पुसको तुलनामा कृषि विकास बैंकले १.२५ प्रतिशतले ब्याजदर घटाएको हो भने सिटिजन्स् बैंकले जम्मा ०.२ प्रतिशतले मात्र घटाएको हो । यस्तै अन्य बैंकहरुमा नेपाल एसबीआई बैंकले १.३५ प्रतिशतले ब्याजदर घटाउँदै माघ महिनाका लागि निक्षेपको ब्याजदर ८.२५ प्रतिशत प्रस्ताव गरेको छ भने सिद्धार्थ बैंकले १.१५ प्रतिशतले घटाउँदै ८.१ प्रतिशत, प्राइम कमर्सियल बैंकले १.९ प्रतिशतले घटाउँदै ८.१ प्रतिशत, माछापुच्छ्रे बैंकले १.६ प्रतिशतले घटाउँदै ८ प्रतिशत, कुमारी बैंकले १.२ प्रतिशतले घटाउँदै ८.११ प्रतिशत र लक्ष्मी सनराइज बैंकले १ प्रतिशतले ब्याजदर घटाएर ८ प्रतिशत प्रस्ताव गरेको छ । यसैगरी नेपाल बैंक, प्रभु बैंक, एनआईसी एसिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, ग्लोबल आईएमई बैंक, सानिमा बैंक, हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले पुसको ब्याजदरमा १ प्रतिशत कमले घटाएका छन् ।

२० वटा बैंकमध्ये चारवटा बैंकहरु एभरेष्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, एनएमबी बैंक र सिटिजन्स बैंकले भने ब्याजदर यथास्थितिमा राख्दै क्रमशः ८ प्रतिशत, ८.०७ प्रतिशत, ९ प्रतिशत र ९.१५ प्रतिशत ब्याजदर कायम गरेका छन् ।पछिल्लो समय बैंकहरुमा निक्षेप बढ्दै जाने तर यता लगानी (कर्जा) को माग नहुँदा बैंकहरुको खर्च बढी हुँदा पनि ब्याजदर घटाउन बैंकहरु बाध्य भएका हुन् ।केन्द्रीय बैंकको पछिल्लो रिपोर्ट अनुसार पुस २३ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा ६० खर्ब ८५ अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन हुँदै गर्दा यता सोही अवधिमा मुस्किलले ५० खर्ब ४२ अर्ब रुपैयाँ मात्र कर्जा लगानी भएको छ ।

विकास बैंकहरुले पनि घटाए डिपोजिट ब्याजदर
विकास बैंकहरुले माघ महिनाको लागि ब्याजदर घटाएका छन् । राष्ट्रियस्तरका विकास बैंकहरुको माघ महिनाका लागि औसत ब्याजदर ८.९१ प्रतिशत रहेको छ । पुस महिनामा यिनीहरुको औसत ब्याजदर ९.२५ प्रतिशत थियो । बैंकहरुले मुद्दति निक्षेपमा प्रदान गर्ने ब्याजदर औसत ०.३४ प्रतिशत बिन्दुले घटेको छ । माघमा गरिमा, सांग्रिला, शाइन रेसुंगा र कामना सेवाले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ९ प्रतिशत ब्याज दिने भएका छन् । ज्योति, लुम्बिनी र महालक्ष्मी विकास बैंकले भने अधिकतमा ८.८० प्रतिशत ब्याजदर तोकेका छन् । मुक्तिनाथले भने माघ महिनाको लागि ब्याजदर घटाएका छन् । सचेत भया ।

655
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका