जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • धितोपत्र बोर्ड र संघर्ष समितिको सम्झौताले सेयर बजार बाउन्स ब्याक

धितोपत्र बोर्ड र संघर्ष समितिको सम्झौताले सेयर बजार बाउन्स ब्याक

नेपाल धितोपत्र बोर्डले पुँजी बजार सुधारका लागि पहल गर्ने प्रतिवद्धता जनाएपछि सेयर बजारमा सुधार देखिएको छ। साताको अन्तिम दिन शुक्रबार सेयर बजार १३.७८ अंकले बढेर १८६२.०६ बिन्दुमा कायम भएको छ।

असार १ गतेदेखि आमरण अनशनमा बसेका तिलक कोइरालाको नेतृत्वको संघर्ष समिति र बोर्डबीच १८ बुँदामा सहमति भएपछि बजार बढेको हो। शुक्रबार कारोबार सुरु भएको करिब एक घण्टामै नेप्सेले १८०० को मनोवैज्ञानिक विन्दुलाई परीक्षण गरेको थियो। बोर्डमा सहमति भएपछि बजारले बाउन्स ब्याक गरेको थियो।

शुक्रबार कारोबार भएका कम्पनी मध्ये १५० कम्पनीको सेयर मूल्य बढेको छ। यसैगरी ४१ कम्पनीको सेयर मूल्य घटेको छ भने तीन कम्पनीको सेयर मूल्य स्थीर छ। शुक्रबारको दुई घण्टा १५ मिनेट हुने सेयर कारोबारमा २२३ कम्पनीको ३५ लाख ४१ हजार ५३७ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १५ करोड १२ लाख बढीको कारोबार भएको छ।

कारोबारका आधारमा कुमारी बैंक लिमिटेड अग्र स्थानमा रहेको छ। बैंकको ८ करोड ६३ लाख १२ हजार बढीको कारोबार भएको हो। यस्तै ङादी ग्रुपको ६ करोड ३१ लाख ५९ हजार बढीको कारोबार भएको छ।ङादीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीका लगानीकर्ताले १० प्रतिशत नाफा कमाएका छन्।

1995
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका