जोडिनुहोस
शनिबार, बैशाख २२, २०८१
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • काठमाडौंमा पक्राउ परेका भट्टराईलाई पोखरा ल्याइयो, आइतबारसम्म हिरासतमै

काठमाडौंमा पक्राउ परेका भट्टराईलाई पोखरा ल्याइयो, आइतबारसम्म हिरासतमै

सूर्यदर्शन सहकारी हिनामिना प्रकरणमा काठमाडौंबाट पक्राउ परेका ३० वर्षीय प्रमोद भट्टराईलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।

शक्रबार अदालतमा पेश गरिएका भट्टराईको बयान सकेर प्रहरी कार्यालयमा फिर्ता पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले जानकारी दिए । ‘अब भोलि शनिबार परेकाले आइतबार थप बयानका लागि अदालतमा उपस्थित गराइनेछ,’ उनले भने ।

सुनसरीको इनरुवा नगरपालिका–५ घर भएका सहकारी सञ्चालक समिति सदस्य भट्टराईलाई काठमाडौं प्रहरीको सहयोगमा बिहीबार पक्राउ गरिएको थियो । उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयसँगको समन्वयमा गोकर्णेश्वर नगरपालिकाबाट पक्राउ परेका हुन् ।

भट्टराई सहकारी ठगी प्रकरणको अनुसन्धानकोे घेराउमा परेसँगै फरार थिए । योसँगै सूर्यदर्शन सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पक्राउ पर्नेको संख्या ५ पुगेको छ ।

यसअघि सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वसञ्चालक समितिका सदस्यद्वय शिवबहादुर गुरुङ ‘महेन्द्र भोटे’, भविश्वर अर्याल पक्राउ परिसकेका छन् । उनीहरु पुर्पक्षका लागि थुनामा छन् ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले जीबी राईसहित १९ जनालाई पक्राउ पुर्जी जारी गरेको थियो । तीमध्ये १४ जना अझै फरार छन् ।

यसै विषयमा सहकारीका बचतकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछाने, नेकपा माओवादी केन्द्रका विद्यार्थी नेता दिपेश पुनसहित थप व्यक्ति तथा संस्था गरी १८ जनाविरुद्ध छानबिन गर्न पूरक जाहेरीसमेत दिएका छन् ।

बचतकर्ताले माघ २२ गते सहकारी पीडितहरुले रास्वपा सभापति लामिछाने, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरासमेत रहेका अखिल क्रान्तिकारीका महासचिव दिपेश पुन, पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन, नेचर हब प्रालि, गोर्खा मिडिया प्रालि, वारिसान इन्फर्मेसन टेक्नोलोजी, स्प्रिङ उड रियल स्टेट, गोर्खा ग्रुप इन्भेस्टेन्ट, गोर्खा आयुर्वेद प्रालिलगायतलाई विपक्षी बनाउँदै जाहेरी दिएका हुन् ।

बचतकर्ताले दिएको पूरक जाहेरीबारे पनि थप अनुसन्धान प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।

सूर्यदर्शनका पदाधिकारीले बचतकर्ताको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ हिनामिना गरेको जाहेरीमा उल्लेख छ । उनीहरुलाई सहकारी ऐन अनुसार बिगो बराबरको जरिवाना र ८ देखि १० वर्ष कैद सजायको माग गरिएको छ ।

सूर्यदर्शनबाट जीबी राई समूहले नक्कली सेयर सदस्य र विभिन्न कम्पनी कडा गरेर पैसा निकालेर अपचलन गरेको प्रहरीले बुझाएको प्रतिवेदनमा उल्लेख छ ।

सहकारीका सञ्चालक तथा पदाधिकारीले कृत्रिम सेयर सदस्य र खाता खोलेर रकम अपचलन गरेको, सहकारीको नाममा कुनै पनि सम्पत्ति नराखी व्यक्तिको नाममा गरेको देखिएको प्रहरीको निष्कर्ष छ ।

330
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका