जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • रिद्धिसिद्धि ज्वेलरीका सञ्चालक गुप्तामाथि छानविन गर्न सुनचाँदी व्यवसायी महासंघको माग

रिद्धिसिद्धि ज्वेलरीका सञ्चालक गुप्तामाथि छानविन गर्न सुनचाँदी व्यवसायी महासंघको माग

सुनचाँदी व्यवसायीले नै रिद्धिसिद्धि ज्वेलरीका सञ्चालक नरेन्द्रकुमार गुप्तामाथि छानबिन गर्न माग गरेका छन् । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघको बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै गुप्तामाथि छानबिन गर्न सरकारी नियकासमक्ष माग गरेका हुन ।

विशाल बजारको रिद्धिसिद्धि ज्वेलरी हाउस नामको सुनचाँदी पलसका सञ्चालक गुप्ता विवादित व्यक्ति भएको र उनले सञ्चार माध्यममा व्यवसायीको मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै दुबै महासंघले उनीमाथि छानविन गर्न माग गरेका हुन ।
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघको बिहिबार बसेको संयुक्त भेलाले गुप्ताका गतिविधिको छानबिन गर्न माग गर्ने निर्णय गरेको हो

गुप्ता नेपाल रत्न तथा आभुषण संघ काठमाडौंका वरिष्ठ उपाध्यक्षसमेत हुन् । दुबै महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, वीरगन्ज ठेगाना भएको ुरेस खबरु नामक अनलाइन पत्रिकाले गुप्तालाई स्रोत व्यक्तिको रूपमा उल्लेख गरेर भ्रामक समाचार सम्प्रेषण गरिरहेको उल्लेख छ । जसबाट निरन्तररूपमा गहना व्यवसायीका प्रतिष्ठित संस्था र व्यक्तिको प्रतिष्ठामा आँच पुर्‍याउने काम भइरहेको छ ।

वीरगञ्ज ठेगाउना उल्लेख भएको रेस खबरले गुप्ताको मुखपत्र जस्तै गरेर भ्रामक समाचार सम्प्रेषण गरिरहेको विज्ञप्तिमा उल्लेख छ । उनीहरूले सबै गहना व्यवसाय र व्यवसायीहरूको भविष्य ध्वस्त पार्ने गरी षड्यन्त्रपूर्ण कामहरू भइरहेको पनि विज्ञप्तिमार्फत उल्लेख गरेका छन् ।

उनीहरूले गुप्ताले फैलाएको भ्रामक र लान्छनायुक्त गतिविधिलाई चिर्दै सत्यतथ्य सार्वजनिक गर्न पनि उनिमाथि सरकारले छानविन गर्नुपर्ने माग गरेका छन् ।

ूश्री रिद्धिसिद्धि ज्वेलरी हाउसका सञ्चालक गुप्ता नितान्त विवादास्पद पृष्ठभूमिका व्यक्ति भएकाले आफ्ना रहस्यमय सम्पूर्ण गतिविधिहरू छानबिनको दायरामा पर्ने भयले त्रसित र आतंकित भई नियामक निकायको ध्यान अन्यत्रै मोड्ने दुरासयले त्यस्ता भ्रामक र निराधार आरोप लगाई नियामक निकायमा उजुरीसमेत परेको व्यवासायीकै भनाइ छ ।

3645
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका