जोडिनुहोस
बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • बैंकिङ प्रणालीबाट उठाएको दुई खर्ब रुपैयाँ परिपक्व नहुँदै फेरि ३० अर्ब उठाउँदै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट उठाएको दुई खर्ब रुपैयाँ परिपक्व नहुँदै फेरि ३० अर्ब उठाउँदै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बजारबाट यसअघि उठाएको दुई खर्ब रुपैयाँ भन्दा बढी रकम परिपक्व हुन बाँकी रहेको अवस्थामा थप ३० अर्ब रुपैयाँ खिच्ने भएको छ।

बैंकहरुले ऋण लगानी बढाउन नसकेपछि राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बैंकिङ प्रणालीबाट थप ३० अर्ब रुपैयाँ तान्न लागेको हो। बोलकबोल उपकरणमार्फत २१ दिनका लागि पैसा तान्न लागेको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले तरलता फालाफाल भएका बैंक तथा वित्तीय संस्थासँग प्रस्ताव मागेको छ। राष्ट्र बैंकले यसअघि खिचेको २ खर्ब ३१ अर्ब रुपैयाँ परिपक्व हुन बाँकी छ।

1765
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?