जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • रिलायबल लाइफले प्रिमियममा आइपीओ निष्काशन गर्न बोर्डमा दियो निवेदन

रिलायबल लाइफले प्रिमियममा आइपीओ निष्काशन गर्न बोर्डमा दियो निवेदन

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा क्षेत्रमै पहिलो पटक प्रिमियम सहित प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । जसका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा पुनः निवेदन दिएको छ । कम्पनीले ११२ रुपैयाँ प्रिमियम सहित २१२ रुपैयाँमा प्राथमिक शेयर निष्काशन गर्ने भएको हो ।

कम्पनीले कुल २ अर्ब ४७ करोड ६८ लाख रुपैयाँ बराबरको प्राथमिक शेयर निष्काशन गर्नका लागि पुनः बोर्डमा निवेदन दिएको हो । कुलमध्ये ६ लाख कित्ता एक सय रुपैयाँमा कर्मचारीको लागि र १ करोड १४ लाख कित्ता सर्वसाधारणका लागि २१२ रुपैयाँको दरले आइपीओ निष्काशन गर्न बोर्डमा निवेदन पेश गरेको कम्पनीले जनाएको छ ।

प्राथमिक शेयर निष्काशन तथा बिक्री प्रवन्धक सिभिलमा क्यापिटल मार्केट रहेको छ । हालसम्म कुनै पनि बीमा कम्पनीहरुले प्रिमियममा प्राथमिक शेयर निष्काशन गरेका छैनन् । तर रिलायबलले पहिलो पटक यस्तो अभ्यास गरेको हो । प्राथमिक शेयर निष्काशनक पछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब रुपैयाँ पुग्नेछ ।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड रहेको छ । कम्पनीले प्रिमियममा आइपीओ निकाल्दा १ अर्ब २७ करोड ६८ लाख रुपैयाँ प्रिमियम संकलन गर्ने र उक्त रकम कम्पनीको जगेडा कोषमा जम्मा हुने छ ।

 

3670
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका