जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • महालक्ष्मी विकास बैंकको शाखा ठमेलमा

महालक्ष्मी विकास बैंकको शाखा ठमेलमा

महालक्ष्मी विकास बैंक लि. ले आफ्नो सेवा देशभर विस्तार गर्दै लैजाने क्रममा काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं.२९, स्थित ठमेल शाखा कार्यालयको औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । उक्त शाखाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले दीप प्रज्वलनका साथ गर्नुभएको थियो भने सभापतिको आसन ग्रहण बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने ज्युले गर्नु भएको थियो । उक्त कार्यव्रmममा संस्थापक शेयरधनी अर्जुन प्रसाद शर्माको पनि उपस्थिती रहेको थियो ।

बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले सो समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उपस्थिति प्रति कृतज्ञता ज्ञापन गर्नुभएको थियो । वहाँले बैँकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आइरहेको जानकारीका साथै आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने तथा बैँकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन बैँकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिवद्धता गर्नुभयो ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०० वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या करिब पाँच लाख रहेको छ ।

7520
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?