जोडिनुहोस
बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • महालक्ष्मी विकास बैंकको एजीएम पुस २९ गते

महालक्ष्मी विकास बैंकको एजीएम पुस २९ गते

महालक्ष्मी विकास बैंकले २१ औँ वार्षिक साधारणसभा डाकेको छ । बैंक सञ्चालक समितिको पुस ७ गते बसेको बैठकले यही पुस २९ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा बिहान १० बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तावित चुक्तापुँजीको कुल १०.४७ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ४ प्रतिशत बोनस सेयर र बाँकी ६.४७ प्रतिशत नगद लाभांश (करसहित) छन्।

बोनस सेयर वितरणपछि जारी तथा चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

नेपाल राष्ट्र बैंकको पूर्वस्वीकृति लिई विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारका रुपमा भित्र्याउने तथा विदेशी बैंक वा अन्य उपयुक्त संस्थालाई बैंकको सेयर बिक्री वा हस्तान्तरण गर्न सकिने भनी प्रबन्धपत्रको दफा ७(झ)लाई संशोधन गर्ने र उक्त संशोधन भएपछि रणनीतिक साझेदार ल्याउनका लागि आवश्यक पर्ने सम्पूर्ण व्यवस्थाको कार्यान्वयन गर्न गराउन बैंकको सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। लाभांश र सभा प्रयोजनका लागि बैंकले पुस १८ गते बुक क्लोजव गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १७ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

4185
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर