जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण

गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण

उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन् । आइतबार गृहमन्त्री लामिछानेले प्रहरी प्रधान कार्यालयस्थित संग्रहालयको निरीक्षण गर्दै त्यसको गतिविधिबारे जानकारी लिएका हुन् ।

संगठनको निर्माण र उच्च छवि बनाउन योगदान दिने सम्पूर्ण पूर्व प्रहरी अधिकृतहरू र बहालवाला प्रहरी अधिकृत तथा जवानहरूलाई धन्यावद दिँदै उनले उनीहरुको वृत्तिविकासको सुनिश्चितता संगठनले गनुपर्ने उल्लेख गरेका छन् ।

उनले कर्मचारीहरूको सरूवा, बढुवा तथा वृत्तिविकासका लागि आवश्यक पर्ने नीति र योजना बनाएर ल्याउन निर्देशन दिँदै त्यसको कार्यान्वयनको लागि के कसरी गर्नुपर्ने हो सहजीकरण गर्न आफू तयार रहेको प्रतिबद्धता जनाएका छन् ।

965
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका