जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • सिबी लामासहित कान्तिपुर सहकारीका ११ सञ्चालकविरुद्ध ठगी मुद्दा

सिबी लामासहित कान्तिपुर सहकारीका ११ सञ्चालकविरुद्ध ठगी मुद्दा

कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारीका ११ जना सञ्चालकविरुद्ध ठगीको कसुरमा मुद्दा दर्ता भएको छ । आइतबार काठमाडौँ जिल्ला अदालतमा उनीहरुविरुद्ध ठगीको कसुरमा मुद्दा दर्ता भएको हो ।

आकर्षक ब्याज दिन्छु भनी फिक्स्ड डिपोजिटमा रकम राख्न लगाई रकम फिर्ता नगरी ठगी गरेको भन्दै परेको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँमार्फत आइतबार अदालतमा मुद्दा दर्ता भएको हो ।

चक्रलाल श्रेष्ठसमेत कुल ८५२ जनाको जाहेरीका आधारमा कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरी लगायतका ११ जना सञ्चालकविरुद्ध ठगीको कसुरमा मुद्दा दायर भएको हो । उनीहरुले बचतकर्ताको १ अर्ब ५१ करोड ८५ लाख ५२ हजार २७ रुपैयाँ १९ पैसा रकम ठगी गरेको भन्दै सोही रकम बराबर बिगो कायम गरी ठगीको कसुरमा मुद्दा दायर भएको हो ।

प्रहरीले कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका अध्यक्ष ५४ वर्षीय हिमालय विक्रम मल्ल ठकुरी, कोषाध्यक्ष ५२ वर्षीय प्रेमध्वज लामा, सचिव ४९ वर्षीय जोगलाल लामा, सदस्य ५२ वर्षीय सानुकान्छा लामा, सदस्य ५२ वर्षीय नारायणप्रसाद रिमाल, सदस्य इन्दु थापा सदस्य ४४ वर्षीय देवराज पराजुली, लेखा सुपरिवेक्षण समितिको संयोजक ४६ वर्षीय कञ्चन तामाङ, लेखा सुपरिवेक्षण समितिका सदस्य ६० वर्षीय उद्धवप्रसाद पाण्डे, लेखा सुपरिवेक्षण समितिका सदस्य २८ वर्षीय अम्बिका थपलिया, र पूर्व अध्यक्ष एवम् व्यवस्थापक सिबी लामा भन्ने चन्द्र बहादुर लामा समेतलाई विपक्षी बनाई मुद्दा दायर गरेको छ ।

मुद्दा दायर भएकाहरूमध्ये अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरी मात्रै पक्राउ परेका छन् । अन्य सबै प्रतिवादीहरू फरारको सूचीमा रहेका छन् । पूर्व अध्यक्ष एवम् व्यवस्थापक सिबी लामा नेपाली काँग्रेस काभ्रेका पूर्व कोषाध्यक्ष एवम् कांग्रेसको तर्फबाट प्रदेशसभा सदस्यमा सिफारिससमेत भएका व्यक्ति हुन् ।

565
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?