जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • हिमालयन बैंकका दुई शाखा स्थानान्तरण

हिमालयन बैंकका दुई शाखा स्थानान्तरण

हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएको शाखा सञ्जालहरुमध्ये गोंगबु शाखालाई स्थानान्तरण गरी हात्तीगौंडा, बुढानीलकण्ठ नं.पा. वडा नं. ८ काठमाडौंबाट विभिन्न बैंकिङ्क सेवा विस्तार गरेको छ ।

मिति २०८० साल फाल्गुण २७ गते बैंकको उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले अन्य कर्मचारीहरुको उपिस्थतिमा गर्नुभएको थियो ।

यसैगरी बैंकको कावासोती शाखा–२ लाई पनि गोछडा, वडा नं. १७ नवलपरमा स्थानान्तरण गरी मिति २०८० साल फाल्गुण २७ गत देखि सेवा सुचारु गरेकोे छ ।

हाल बैंकले नेपालभरि फैलिएका १७४ कूल शाखा संख्या, २० विस्तारित काउन्टर, २६४ ATM, ६,५०० भन्दा बढी POS Terminals र १७,००० भन्दा बढी विप्रेषन भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ्क सेवा प्रदान गर्दै आएको छ ।

3005
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका