जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • ब्याज बढाएपछि एनआईसी एशिया बैंकको डिपोजिट बढेनः पैसा झिक्ने भने बढेको बढै १ महिनामा फेरि १० अर्ब पैसा बाहिरियो

ब्याज बढाएपछि एनआईसी एशिया बैंकको डिपोजिट बढेनः पैसा झिक्ने भने बढेको बढै १ महिनामा फेरि १० अर्ब पैसा बाहिरियो

एनआईसी एशिया बैंकले चैत्र महिनाको डिपोजिट ब्याजदर बढाएपछि पैसा राख्नेहरुको रोजाईमा बैंक नपरेको तथ्य फेला परेको छ । उल्टै बैंकबाट १ महिनामा १० अर्ब पैसा बाहिरिएको राष्ट्र बैंकको उच्च स्रोतको दाबी छ । विगतमा ४० अर्ब पैसा १ महिनामै डिपोजिटकर्ताहरुले निकालेपछि बैंक भित्र तनाब मात्रै भएको थिएन । राष्ट्र बैंक समेत गर्न लागेको कारवाहीबाट पछि हटेको थियो भन्दा फरक पर्दैन । अरु बैंकले ब्याज घटाउँदा आफुले बढाएको एनआईसी एशिया बैंकमा पैसा राख्ने निक्षेपकर्ताहरुको संख्या भने अपेक्षित नबढेको स्वयम् बैंक स्वीकार्छ । बैंकका विभिन्न प्रदेशका प्रतिनिधिहरुले अपेक्षित रुपमा बैंकमा निक्षेप नबढेको पंक्तिकारसंग बताए ।

अपेक्षाअनुसार समेत निक्षेप नबढेको भने सत्य हो नि सर ।’ उनका अनुसार मुद्दती निक्षेपको नवीकरण पनि निकै न्युन छ । ‘एक त ब्याज घटेका बेला मुद्दती निक्षेप नवीकरण कम हुने भई नै हाल्यो । त्यसमाथि पनि बैंक डुब्ने हल्ला धेरै मथ्थर भए पनि सून्य भईसकेको छैन ।

एनआईसी एशिया बैंकका प्रदेश प्रमुखहरुमध्ये एक बैंकरले भने, ‘तत्काल एकदम धेरै निक्षेप बढ्ने स्थिति पनि छैन । तर अपेक्षाअनुसार समेत निक्षेप नबढेको भने सत्य हो नि सर ।’ उनका अनुसार मुद्दती निक्षेपको नवीकरण पनि निकै न्युन छ । ‘एक त ब्याज घटेका बेला मुद्दती निक्षेप नवीकरण कम हुने भई नै हाल्यो । त्यसमाथि पनि बैंक डुब्ने हल्ला धेरै मथ्थर भए पनि सून्य भईसकेको छैन । अझै पनि धेरै ग्राहकहरुले बैंक डुब्न लागेको छ रे भन्दै पैसा निकालिरहेको देखिन्छ ।’ बैंक डुब्ने हल्लाका बीच बैंकबाट पैसा निकाल्नेहरुको संख्या ह्वात्तै बढेको थियो । तर इन्टरनेट बैंकिङ वा मोबाइल बैंकिङबाट मात्र पैसा निकाल्नेहरुको संख्या बढी हुनु, इन्टरनेट बैंकिङ वा मोबाइल बैंकिङ प्रयोग गरेर निश्चित रकम मात्र झिक्न मिल्नु र बैंकले बैंकको भित्री कथा लेखिरहेका सबैजसो मिडियालाई विज्ञापन दिएर मेनेज गर्नु लगायतका कारण बैंक डुब्न लागेको हल्ला मथ्थर भएको देखिन्छ । गभर्नर साब । अझ नेपाल राष्ट्र बैंक स्वयमले पनि बैंक जोगाउने लाइन लिएपछि एनआईसी एशिया थप समस्याबाट जोगिएको थियो । तर, दिनानुदिन सहकारी डुबेका समाचारहरु सार्वजनिक हुन थालेपछि एनआईसी एशिया बैंकबाट पनि पैसा झिक्नेहरु बढेको देखिन्छ । गभर्नर साब हेक्का होस् ।

बैंक डुब्ने हल्लाका बीच बैंकबाट पैसा निकाल्नेहरुको संख्या ह्वात्तै बढेको थियो । तर इन्टरनेट बैंकिङ वा मोबाइल बैंकिङबाट मात्र पैसा निकाल्नेहरुको संख्या बढी हुनु, इन्टरनेट बैंकिङ वा मोबाइल बैंकिङ प्रयोग गरेर निश्चित रकम मात्र झिक्न मिल्नु र बैंकले बैंकको भित्री कथा लेखिरहेका सबैजसो मिडियालाई विज्ञापन दिएर मेनेज गर्नु लगायतका कारण बैंक डुब्न लागेको हल्ला मथ्थर भएको देखिन्छ ।

एनआईसी एशिया बैंकको आन्तरिक किचलोका कारण बैंक छोडेका बैंकका तत्कालीन डेपुटी सीइओ सुधिर नाथ पाण्डेको नमिठो बहिर्गमनपछि बैंकबाट अन्य सिनियर कर्मचारीहरुले पनि बिदा हुने तरखर गरेका छन् । बैंक कुनै पनि बेला दुर्घटना जान सक्ने र त्यसको अपजश आफ्नो करियरमासमेत पर्न सक्ने भएको निष्कर्ष सहित केहि सिनियरहरुले बैंक छोड्न लागेका हुन् । ‘एनआईसी एशिया बैंकको विषयलाई लिएर राष्ट्र बैंकमा समेत दुई गुट भईसकेको छ । ब्रष्ट हुन्छ ।’ बैंक छोड्न लागेका एक सिनियर कर्मचारीले भने ‘हामी केहि बैंक छोड्ने मनस्थितिमा पुगिसकेका छौँ ।’ सचेत भया ।

1025
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका