जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • ग्लोबल आईएमई बैंकको ऋणपत्रको सूचीकरण खारेज

ग्लोबल आईएमई बैंकको ऋणपत्रको सूचीकरण खारेज

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ग्लोबल आईएमई बैंकको ऋणपत्रको सूचीकरण खारेज भएको छ ।बैंकको ‘१०.२५% ग्लोबल आइएमई लि. डिबेन्चर २०८०।८१’ को सूचीकरण खारेज भएको हो ।

सो ऋणपत्र चैत्र २७ गते परिपक्व भएकोले नेप्सेले सूचीकरण खारेज गरेको जनाएको छ।  बैंकले जारी गरेको ५ बर्षे अवधिको प्रति शेयर अंकित मूल्य रु. १००० दरको रु. १ अर्व ५० करोड बराबरको १५,००,००० कित्ता ऋणपत्रको सूचीकरण खारेज भएको हो । 

यस संगै बैंकको लाभांश क्षमता करिब ४ प्रतिशतले बढेको छ। बैंकले जारी गरेको ऋणपत्रको लागि आफ्नो नाफाबाट  प्रत्येक वर्ष निश्चित रकम विनियोजन गर्नुपर्ने हुन्छ। यसरी विनियोजीत रकम ऋणपत्र परिपक्व भए पश्चात् शेयरधनीहरुलाई बोनस शेयरको रुपमा वितरण गर्न सकिन्छ । सोहि व्यवस्था अनुसार बैंकको लाभांश क्षमता करिब ४ प्रतिशतले बढेको हो । 

3015
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका