जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • ब्रोकर कमिशन घटाउने धितोपत्र बोर्डको निर्णय

ब्रोकर कमिशन घटाउने धितोपत्र बोर्डको निर्णय

नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिशन घटाउने निर्णय गरेको छ । धितोपत्र बोर्डको आज बिहान बसेको संचालक समितिको बैठकले ब्रोकर कमिशन घटाउने निर्णय गरेको हो ।

बोर्ड स्रोतका अनुसार बैठकले हाल कायम रहेको ब्रोकर कमिशनमा समग्रमा १० प्रतिशत घटाउने निर्णय गरेको छ । साथै नेप्से र धितोपत्र बोर्डले पाउने कमिशन पनि घटाईएको छ ।

अब बोर्डको निर्णय स्वीकृतिको लागि अर्थ मन्त्रालय पठाइने छ । अर्थ मन्त्रालयबाट स्वीकृत भएर आएपछि घटेको ब्रोकर कमिशन लागु हुने छ।

बोर्डले ब्रोकर कमिशनको विषयमा पटक पटक अध्ययन गरेको थियो । अध्ययन समितिको सिफारिस अनुसार नै ब्रोकर कमिशन घटाउने निर्णय भएको बोर्ड स्रोतले जनाएको छ ।

795
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?