जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • मुक्तिनाथ विकास बैंकद्वारा ईलाम र महोत्तरीमा वृक्षरोपण

मुक्तिनाथ विकास बैंकद्वारा ईलाम र महोत्तरीमा वृक्षरोपण

मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत ईलाम जिल्ला र महोत्तरीमा वृक्षोपण गरेको छ ।

बैंकले इलाम नगरपालिकाको चियाबारी-७ र पाटेनागी -१ मा करिब २५० वटा तथा महोत्तरी जिल्ला स्थित बर्दिबास नगरपालिकाको किसन नगर-६ मा १०० वटा कागतीका विरुवाहरुको वृक्षारोपण गरी हरियाली अभियानद्वारा वातावरणीय सन्तुलन तथा जलवायु परिवर्तन विरुद्ध लड्न योगदान पुर्याएको छ ।

हरियाली प्रवद्धनका लागि उक्त कार्यक्रमको आयोजना गरिएको बैंकले जनाएको छ । सो कार्यक्रममा बैंकका कर्मचारीहरु, अभियानकर्ता तथा स्थानिय नगरबासीहरुको उपस्थिति रहेको थियोे ।

साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको ए.टि.एम कार्ड प्रयोग गरी नेपालभरी रहेका भिजा नेटवर्क मा आवद्ध अन्य जुन सुकै बैंकको ए.टि.एम मेसिन बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

2135
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?