जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • सार्वजनिक संस्थानहरुको नाफा १ खर्ब ९ अर्ब ७४ करोड (पूर्व विवरण सहित)

सार्वजनिक संस्थानहरुको नाफा १ खर्ब  ९ अर्ब ७४ करोड (पूर्व विवरण सहित)

सार्वजनिक संस्थानहरुको आर्थिक वर्ष २०७६र ७७मा सञ्‍चित नाफा गत आर्थिक वर्षको तुलनामा १८.१९ प्रतिशतले वृद्धि भई  १ खर्ब  ९ अर्ब ७४ करोड ९० लाख पुगेको छ। सञ्‍चित नोक्सानी गत आर्थिक वर्षको तुलनामा ०.९३ प्रतिशतले कमी आई ३४ अर्ब २३ करोड ६१ लाख कायम भएको शुक्रबार सार्वजनिक भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ।

सबै संस्थानको  सञ्‍चित नाफा (सञ्‍चित नोक्सान कटाएर) २९.५३ प्रतिशतले वृद्धि भई ७५ अर्ब ५१ करोड १९ लाख रुपैयाँ पुगेको मन्त्रालयले जनाएको छ। आर्थिक वर्ष २०७६७७ मा अस्तित्वमा रहेकामध्ये १४ संस्थान नाफा आर्जन गर्न सफल भएका छन् । १ संस्थानको कारोबार शून्य रहेको र १८ संस्थानले घाटा ब्यहोरेका छन्। जनकपुर चुरोट कारखाना लि। बन्द छ भने विद्युत उत्पादन कम्पनी लि र राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको व्यवसाय शुरुवाती अवस्थामा छ।

नोक्सानीमा सञ्‍चालन भइरहेका संस्थानमध्ये नेपाल ओरियण्ड म्याग्नासाईट प्रा लि, बुटवल धागो कारखाना लिको व्यावसायिक कारोबार नभएको,  नेपाल रेल्वे कम्पनी लिको व्यवसाय सञ्‍चालनको प्रक्रियामा रहेको तर यी तीन कम्पनीको प्रशासनिक खर्च हुने नै भएकाले नोक्सानी ब्यहोरिरहेका छन्।

आर्थिक वर्ष २०७६र ७७ मा नाफामा सञ्चालित १४ संस्थानको खुद नाफा ४.२८ प्रतिशत र नोक्सानीमा सञ्चालित १८ संस्थानको खुद नोक्सानी ९९.४६ट प्रतिशतले बढेको छ। सार्वजनिक संस्थानको प्रशासनिक खर्चमा १२.६८ड प्रतिशतले वृद्धि भएको छ।

5720
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका