जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • नबिल बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने

नबिल बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने

नबिल बैंकले तीन अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले २०८७ मा परिपक्व हुने ऋणपत्रका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ।

प्रति इकाइ एक हजारको दरले ३० लाख कित्ता जारी गर्ने बैंकको तयारी छ। जसबापत बैंकले वार्षिक ९ प्रतिशत ब्याजदर दिने जनाएको छ।

बैंकका अनुसार १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ। बाँकी १२ लाख कित्ता सर्वसाधरणलाई बिक्री गर्नेगरी निवेदन दिएको हो।

बैंकले ऋणपत्रको बिक्री प्रबन्ध मिलाउने जिम्मा कुमारी क्यपिटललाई दिएको छ।

 

3670
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका