जोडिनुहोस
बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३

हालको खबर

  • होमपेज
  • ४६ प्रतिशत नेपाली बैंकिङ सुविधाबाट वञ्चित

४६ प्रतिशत नेपाली बैंकिङ सुविधाबाट वञ्चित

नेपालको ४६ प्रतिशत जनसंख्या बैंकिङ सुविधाबाट वञ्चित भएको तथ्यांक सार्वजनिक भएको छ। साउथ एसिया रिजन फाइनान्सियल इन्क्लुजन इनिसिएटिभ्सले तयार गरेको पेमेन्ट इनोभेसन एण्ड रिक्स इन साउथ एसिया प्रतिवेदनले ४६ प्रतिशत जनसंख्या बैंकिङ सुविधाबाट वञ्चित भएको उल्लेख गरेको हो।

राष्ट्र बैंकले उक्त प्रतिवेदन शुक्रबार सार्वजनिक गरेको छ। यसअनुसार दक्षिण एसियामा बंगलादेशमा सबैभन्दा धेरै बैंकिङ पहुँचबाट बाहिर रहेका छन् ।

तथ्यांकअनुसार बंगलादेशमा ४७.२ प्रतिशत नागरिक बैंकिङ सेवाबाट वञ्चित हुँदा भारतमा २२.५ प्रतिशत वञ्चित छन्। यस्तै श्रीलंकामा भने जम्मा १०.७ प्रतिशतमात्रै जनता बैंकिङ सुविधाबाट वञ्चित छन्। नेपालमा भने कुल जनसंख्याको ४६ प्रतिशत नागरिक बैंकिङ पहुँच बाहिर रहेकोमा २५.०५ प्रतिशत महिला र २०.९५ प्रतिशत पुरुष रहेको प्रतिवेदनले उल्लेख गरेको छ।

3590
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर